सुजिता भण्डारी हत्या प्रकरणमा प्रहरीविरुद्ध नाराबाजी, राजमार्ग अवरुद्ध

चितवन । राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारी हत्या प्रकरणमा घटनाको छानबिन गर्न भन्दै स्थानीय वासीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । १० दिन अघिदेखि बेपत्ता भएकी भण्डारीको शव फेलापरेपछि प्रहरीले शव अस्पताल लैजानेबेला आफन्त र स्थानीयबासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । १० दिनसम्म पनि घटनाको अनुसन्धान नगरेको भन्दै स्थानीयहरूले प्रहरीविरुद्ध […]

सम्बन्धित सामग्री

सुजिता मृत्यु घटना : चितवनको राप्ती नगरपालिकामा कर्फ्यु लगाउने तयारी

काठमाडौं । चितवनको राप्ती नगरपालिकामा कर्फ्यु लगाउने तयारी गरिएको छ । मंगलबार अपराह्न सुजिता भण्डारी मृत्यु घटनामा प्रशासन संवेदनशील नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका थिए । उनीहरूले राजमार्ग अवरुद्ध पारेर टायर बाल्दै प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्र रूप लिएपछि केहीबेर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु...

राप्ती नगरपालिकामा २४ घण्टे निषेधाज्ञा

असार २२, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सुजिता भण्डारी मृत्यु प्रकरणका कारण आन्दोलनले  उग्ररुप लिएपछि राप्ती नगरपालिकामा निषेधाज्ञा लगाएको छ  ।  मंगलवार साँझ साढे ७ बजेदेखि बुधवार बेलुका साढे सात बजेसम्म निषधाज्ञा लागू गरिएको हो ।जिल्ला प्रशासन कार्यालय, चितवनले सुजिता प्रकरणमा प्रर्दशनकारीले राजमार्ग अवरोध गरी सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेको र स्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा हस्ताक्षरित आदेशमा पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेका हुन् ।  लामो दुरीका यातायात बाहेक कुनै आगमन गर्न नपाइने आदेशमा उल्लेख छ  । आदेशमा यदि निषेधाज्ञालाई बेवास्त गरी त्यस्ता क्रियाकलाप गरेमा सुरक्षाकर्मीले गिरफ्तार गरी एक महीनासम्म कैद हुने उल्लेख छ ।  प्रहरीले सुजिता हराएको बिषयमा सक्रियता नदेखाएको  र घटनाको सत्यतथ्य माग गर्दै दिनभर जसो प्रर्दशनकारीले विरोध गर्दै आएका छन् । प्रर्दशनकारीले टायर बालेर राजमार्ग अवरुद्ध पारेको र  सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेका थिए । स्थानीय र प्रहरीको झडपमा केहि प्रहरीहरु पनि घाइते भएका छन  ।