प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी व्यापार घाटा घटाउने नीति र कार्यक्रमअघि बढाउन निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक निर्देशन दिँदै प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउने कार्यक्रम बनाउन निर्देशन दिएका हुन् । ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईंहरुले व्यापार घाटा घटाउने नीति तथा कार्यक्रम तय गर