व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्ने गरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटामार आज मङ्गलवार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाले बैठकमा निर्देशन दिँदै भन्नुभयो, ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईँहरूले व्यापार घाटा घटाउने गरी नीति तथा कार्...