पश्चिम दैलेखमा पर्ने चामुण्डा बिन्द्रासैनी नगरपालिकाले बिहीबार ११ औं नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि थिए– कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाही ।उनको गृह नगरपनि त्यही हो । संयोग नै भन्नुपर्छ, सोही नगरपालिकाको नगरप्रमुख उनकै छोरा गणेश कुमार शाही छन् । बाबु कार्यक्रमका प्रमुख अतिथिका रुपमा उपस्थित सो कार्यक्रममा छोराले अध्यक्षता गरेका थिए ।छोराले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा मन्त्री शाही