मकवानपुर – वाग्मती प्रदेश सरकारले ल्याएको बजेटमा मुख्यमन्त्री र शक्तिशाली मन्त्रीहरुका जिल्लामा योजना परेको गुनासो छ ।
प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेट किताब अध्ययन गर्दा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाललगायतका मन्त्रीका जिल्लामा मन्त्रालय पिच्छे करोडौँ बजेट छुट्याएको पाइन्छ ।
प्रदेश सरकारले ल्याएको बजेट समेटिएको किताबमा वडा कार्यालयले गर्ने काम पनि मन्त्रालयले गर्ने गरी पाँच लाखका स–साना योजनाहरु बजेटमा सम...