आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै पहिचानवादीले गरे मेची राजमार्गमा चक्काजाम

झापा- दुई दिनअघि नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको गाडी तोडफोड गर्दा पक्राउ परेकाहरूको रिहाइका लागि दबाब दिन पहिचानवादीहरूले मेची राजमार्गमा चक्काजाम गरेका छन्। पहिचानवादीहरूले झापाको चारआलीमा इलामतर्फ जाने सवारीसाधनमा अवरोध गरेका हुन्। केही पहिचानवादीले इलामतर्फ जान लागेका सवारी-साधनलाई अवरोध गर्न खोजेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए। […]

सम्बन्धित सामग्री

पत्रकारद्वय कुवँर र भट्टको रिहाइको माग

कञ्चनपुर । कञ्चनपुरका पक्राउ परेका दुई जना पत्रकारको रिहाइको माग गरिएको छ । नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले आज प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारद्वय ऐश्वर्या कुँवर र पुष्कर भट्टको रिहाइको माग गरेको हो । उनीहरुविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को दुरुपयोग गरी ‘विद्युतीय कारोबार कसुर’अन्तर्गत मुद्दा चलाई पक्राउ गरिएकोप्रति गम्भीर ध्यानाकर्षण […]

काठमाडौँ वाणिज्य सङ्घले गर्‍यो अरुण चौधरीको शीघ्र रिहाइको माग

नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले बिहीबार पक्राउ परेका उद्योग व्यवसायी अरुणकुमार चौधरीको शीघ्र रिहाइको माग गरेको छ।...

माधव नेपालले गरे रेशम चौधरीको रिहाइको माग

२६ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रेशम चौधरीको रिहाइको माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सन्दर्भमा मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले रेशम चौधरीलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् । ‘टीकापुर घटनाको सन्दर्भमा रेशम चौधरीलाई रिहाइ गर्ने कुरामा सरकारले उच्चतम प्राथमिकता दिएर उहाँलाई […]

रेशम चौधरीको रिहाइको माग गर्दै प्रदर्शन

काठमाडौं– कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भएको छ । नागरिक उन्मुक्ति पार्टीले शुक्रबार चौधरीको रिहाइको माग गर्दै प्रदर्शन गरेको हो । चौधरीसहितलाई आममाफी दिने उद्देश्यले सरकारकाले राष्ट्रपतिसमक्ष मुलुकी फौजदारी कार्यविधि संहिता अध्यादेश २०७९ जारी गर्न पेस गरेको छ । गत सोमबार सरकारले अध्यादेश […]

रेशम चौधरीको रिहाइको माग गर्दै कावासोतीमा प्रदर्शन

पूर्वी नवलपरासीमा रिहाइको माग गर्दै प्रर्दशन गरिएको छ। थारु कल्याणकारिणी सभा नवलपुरका आयोजनामा बिहीबार कावासोती १६ डण्डामा प्रर्दशन गरिएको हो। उनीहरुले रेशम चौधरीको रिहाइ नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए। रेशम...

पल शाहको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । अभिनेता पल शाहको रिहाइको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । आज (शुक्रबार) हाम्रो टिम नेपाल अभियानले माइतीघर मण्डलामा पलको रिहाइको माग गरेर प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरूले पलको रिहाइको मागसहित पुरुष अधिकार सुनिश्चित गर्न पनि माग गरेका थिए । नेपालमा पुरुषहरूमाथि विभेद भइरहेको उनीहरूको दाबी छ । उनीहरूले पुरुष अधिकार सुनिश्चित […]

पत्रकार पाण्डेको रिहाइको माग गर्दै प्रदर्शन

दुबईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।दुबईमा रहेको नेपाली दूताबासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाई दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिवाना र सम्पती जफतसहित देश निकाला गर्ने कारबाही सुनाएसँगै उहाँ त्यहाँको जेलमा रहनुभएको छ । जेलमा रहनुभएको पत्रकार पाण्डेको रिहाइको माग गर्दै […]

यूएईकाे जेलमा रहेका पत्रकार पाण्डेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाण्डाै – संयुक्त अरब इमिरेट्स (यूएई) काे दुबई जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।  जेलमा रहनुभएका पत्रकार पाण्डेको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले आज शुक्रवार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । पत्रकार पाण्डेलाई जेल पुर्‍याउनका लागि यूएईमा रहेकाे नेपाली दूतावास नै लागिपरेको उहाँका आफन्तले आरोप लगाएका छन् । युथ कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ । पत्रकार पाण्डे निर्दोष रहेको र उहाँलाई विना सर्त रि...

पूर्व राष्ट्रपति जुमाको रिहाइको माग गर्दै दक्षिण अफ्रिकामा प्रदर्शन जारी

एजेन्सी । पूर्व राष्ट्रपति याकुब जुमाको रिहाइको माग गर्दै विभिन्न प्रदर्शन र हिंसाका घटना बढ्न थालेपछि दक्षिणी अफ्रिकाका विभिन्न शहरमा सेना परिचालन गरिएको छ । भ्रष्टचारको अभियोगमा छानविनका लागि अदालत उपस्थित हुन इन्कार गरेसँगै जेल सजाय सुनाइएका पूर्व राष्ट्रपति जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै उहाँका समर्थकहरुले केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनहरु हिंसात्मक रुपमा […]

दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति जुमाको रिहाइको माग गर्दै प्रदर्शन

काठमाण्डाै - दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकोब जुमाको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको छ । जुमाले  प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै उहाँको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका प्रदर्शनकारीहरुले यातायात सेवा ठप्प पारेर प्रदर्शन गरेका छन् । प्रहरीले ६० जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ । प्रदर्शनकारीहरुले जुमा निर्दोष रहेको भन्दै रिहा नगरेसम्म आन्दोलन फिर्ता नलिने चेतावनी दिएका छन्  । उनीहरुले ठाउँ-ठाउँमा आगजनी र तोडफोड गरेका छन् । अशान्ति बढ्दै गएपछि दक्ष...