काठमाडौँ,१५ माघ । छ सन्तानकी आमा भीममाया विक आजभोलि विगत सम्झेर झस्किनु हुन्छ । बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीकी विकले सबै सन्तान घरमै जन्माउनुभयो । साठी वर्षीया उहाँले २० वर्ष उमेर नपुग्दै विवाह गर्नुभयो । बच्चा जन्माउनुभयो । “त्यतिबेला त्यस्तै थियो । सानैमा बिहे हुन्थ्यो, बालबच्चा पनि चाँडो चाँडो पाउँथ्यौँ । गर्भावस्था र सुत्केरी छँदा केही […]