बागमती प्रदेश मन्त्रिपरिषद्द्वारा नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित

मकवानपुर : बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। बैठकले मङ्गलबार बिहान हृदयाघातका कारण निधन भएका नेता नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठले बताए।बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दोलखा जिल्लाका डा प्रदीपकुमार मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै बैठकले

सम्बन्धित सामग्री

बागमती प्रदेश : आठौं अधिवेशनको पहिलो बैठक ३ मिनेट बसेर सकियो

हेटौंडा : बागमती प्रदेशको आठौं अधिवेशनको पहिलो बैठक ३ मिनेट बसेर सकिएको छ। आइतबार बसेको आठौं अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको हो। बैठकको कार्यसूची ५ वटा राखिएको भए पनि प्रदेशसभा सदस्य पशुपति चौलागाईंको शोक प्रस्ताव गरेर सोमबार बिहान ११ बजेसम्मको लागि बैठक समापन गरिएको छ। बैठक ३ बजेको लागि बोलाइएको भए पनि प्रदेशसभा भवनमै सांसदहरुको कोरोना परीक्षण गर्दा डेढ घण्टा ढिला गरी सुरु भएको थियो। बैठकको सुरुवातमा प्रदेशको सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्ण

बागमती प्रदेश : बजेटबारे सुझाव दिन एमालेद्वारा ९ सदस्यीय समिति गठन

हेटौंडा : बागमती प्रदेश एमाले संसदीय दलको बैठकले ९ सदस्यीय सहजीकरण समिति गठन गरेको छ।  शुक्रबार धुम्बाराहीमा बसेको बैठकले प्रदेशको नीति तथा कार्यक्रम र बजेटको विषयमा सुझाव दिन समिति गठन गरेको हो। नेकपा एमालेका मुख्य सचेतक दीपक निरौलाको अनुसार शुक्रबार बसेको पहिलो बैठकले एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपती चौलागाईंको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो। लगत्तै पुनः अर्को बैठक बसी १६ गते बोलाइएको बजेट अधिवेशनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको निरौलाले जानकारी दिए। बैठकले राजेन्...