बागमती प्रदेश : बजेटबारे सुझाव दिन एमालेद्वारा ९ सदस्यीय समिति गठन

हेटौंडा : बागमती प्रदेश एमाले संसदीय दलको बैठकले ९ सदस्यीय सहजीकरण समिति गठन गरेको छ।  शुक्रबार धुम्बाराहीमा बसेको बैठकले प्रदेशको नीति तथा कार्यक्रम र बजेटको विषयमा सुझाव दिन समिति गठन गरेको हो। नेकपा एमालेका मुख्य सचेतक दीपक निरौलाको अनुसार शुक्रबार बसेको पहिलो बैठकले एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपती चौलागाईंको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो। लगत्तै पुनः अर्को बैठक बसी १६ गते बोलाइएको बजेट अधिवेशनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको निरौलाले जानकारी दिए। बैठकले राजेन्...

सम्बन्धित सामग्री

समस्याग्रस्त सहकारी व्यवस्थापन गर्न बागमती प्रदेश सरकारको तीन सदस्यीय समिति

हेटौंडा । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागि ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । आज साँझ बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले काठमाडौंका प्रशान्त अधिकारीको संयोजकत्वमा समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यहरुमा काठमाडौंका यज्ञनाथ दाहाल र मकवानपुरका यतीराज सापकोटा रहेको बागमती […]

जसपा सम्बद्ध किसान महासंघ संगठन विस्तार गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपाल सम्बद्ध समाजवादी किसान महासंघ बागमती प्रदेश समितिले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । पार्टीले ३ महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेसँगै महासंघ संगठन विस्तारमा जुटेको हो । महासंघले काठमाण्डौ जिल्ला समिति मनोज डंगोलको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको छ । महासंघको ललितपुर जिल्ला समिति […]

वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारले बनायो समिति

बागमती प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले ११९ वटै वडामा वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । समितिको संयोजकमा मन्त्री खनाल रहेका छन् भने सदस्यमा वन तथा वातावरण मन्त्री विशाल खड्का र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठ रहेका छन् । चालू आर्थिक वर्ष २०७९/

बागमती प्रदेशले खेलकुद नीति तयार गर्दै

बागमती प्रदेश सरकारले आफ्नो खेलकुद नीति तयार गर्नको लागि प्रारम्भिक मस्यौदाको तयारी गरेको छ । प्रारम्भिक मस्यौदालाई परिष्कृत गरि मस्यौदा बनाउनको लागि खेल विज्ञ हरिहर लाल श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।समूहको सदस्यहरूमा डा.अच्युत लामिछाने, श्रीराम भण्डारी, एलिसा थापा र देवनारायण चौधरी रहेका छन् । समितिले तीन महिनाभित्र अन्तिम मस्यौदा तयार गरि प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशलाई हस्तान्तरण गर्नेछ । उक्त मस्यौदालाई परिषद्ले प्रदेश भित्रका खेलाडी तथा सरोकारवाला व्यक्तिहर

बागमती प्रदेश कोभिड–१९ व्यवस्थापन समिति गठन

हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ । बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो ।      समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४७९ प्राविधिक कर्मचारीको सेवाअवधि ६ महिना थप गरेको छ । अघिल्लो वर्ष कोभिड–१९ महामारी चर्किएको बेला ४७९ प्राविधिक कर्मचारी राखिएकोमा उनीहरूको म्याद यही पुस मसान्तसम्म मात्र सकिँदै थियो । उनीहरूको करार अवधि थप गर्ने निर्णय भएको मन्त्री खनालले जानकारी दिए । बैठकले प्रदेशमा दर्ता भएका एफएम रेडियो तथा टेलिभिजनलाई कोभिड महामारीले पारेको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले नवीकरण शुल्क पूरै मिनाहा गर्ने र दुई प्रतिशत कर लिँदै आएकोमा ५० प्रतिशत छूट गरी अब एक प्रतिशतमात्र कर तिरे पुग्ने व्यवस्था गरेको छ । साथै माघ मसान्तसम्म कर बुझाउन सकिने व्यवस्था गरिएको छ । यसैगरी चितवनको भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको छ । सो कार्यालय स्थापना गर्न आवश्यक जग्गा प्राप्तिका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको मन्त्री खनालले बताए । रासस

बागमतीमा पत्रकारको -यापिड रेस्पोन्स टिम

न्युज अफ नेपाल, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोभिड जोखिममा रहेका पत्रकारलाई परेको समस्या सम्बोधन र कोभिड जोखिम न्यूनीकरणका लागि पूर्व तयारीस्वरुप अध्यक्ष शिव देवकोटाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । अध्यक्ष देबकोटाको अध्यक्षतामा शनिबारको भर्चुअल (जुम) बैठकले रेपिड रेस्पोन्स टिम गठन गरेको हो । उक्त टिममा उपाध्यक्ष रुपेश दुलाल, […]