काठमाडौं : नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहको नेताहरूले निरन्तर दबाब दिइरहे पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध एकपछि अर्को गर्दै बिग्रँदै गइरहेको छ। पार्टी एकतालाई जोगाएर जानुको विकल्प नभएको दाबी गर्दैगर्दा ओली र नेपालको कारणले एकताको वातावरण बिथोलिरहेको छ।विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमतिमा समेत नेता नेपालको असहमतिले गर्दा एकता पर धकेलिएको छ। तर, आइतबार र सोमबार बसेको नेपाल समूहको स्थायी कमिटीको बैठकले पार्टी एकता प्रक्रियाला