काठमाडौं । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामाग्रीहरुको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ । प्रज्ञा–प्रतिष्ठानको १३औं प्राज्ञ सभामा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले सरकारसँग ललितकला सम्बन्धि विभिन्न विषयमा नीतिगत सुधारको माग गरिएको बताउनु भयो । उहाँले सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरुको निर्यातमा सुविधा दिनुपर्ने बताउनुभयो । कला तथा सिर्जनाका लागि आवश्यक रङ, ब्रस लगायत […]