विस्फोटक सामग्रीको निर्यातमा लगाएको प्रतिबन्ध भारतले हटायो

वैशाख ६, काठमाडौं । भारतले विस्फोटक सामग्रीको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ ।  नेपालमा विस्फोटक सामग्री सडक, जलविद्युत् तथा सुरुङ निर्माणका आयोजनामा प्रयोग हुने गरेको छ । नेपालमा ठूला चट्टान तथा पहाड फोर्नका लागि विस्फोटक पदार्थ आयात हुँदै आएकोमा त्यस्ता आयोजनाहरुको काम प्रभावित हुने समाचारहरु सार्वजनिक भएलगत्तै  भारत सरकारअन्तर्गतको पेट्रोलियम तथा विस्फोटक सुरक्षा संगठनले प्रतिबन्ध हटाएको हो ।  उसले गत बुधवार भने सम्बन्धित निकायहरुलाई पत्राचार गर्दै विस्फोटक सामग्रीको निर्यातमा रोक लगाउन भनेको थियो । साथै  उसले सबै उत्पादक तथा निर्यातकर्ताहरुलाई ‘क्लास–२ एक्सप्लोसिभ’ अर्को निर्देशन जारी नभएसम्मका लागि निर्यात गर्न बन्देज लगाइएको थियो । हेर्नुस् सूचना :

सम्बन्धित सामग्री

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट आयात

काठमाडौं, पुस ३ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका छन् । भारतले गत मंसिर अन्तिम सातदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । ९५ प्रतिशत प्याज भारतबाटै आइरहेकोमा प्रतिवन्धपछि बजारमा प्याजको अभाव भएको थियो । त्यस पछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका हुन् । अहिले चीनको केरुङ […]

सरकारले प्याज निर्यातमा कुनै प्रतिबन्ध नलगाएको भारतीय अधिकारीको भनाइ

भारत सरकारले दक्षिण एशियाली मुलुक चीनबाट प्याजको निर्यातमा कुनै प्रतिबन्ध नलगाइएको तर प्याजको बीउको निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको छ।...

सरकारले प्याज निर्यातमा कुनै प्रतिबन्ध नलगाएको भारतीय अधिकारीको भनाइ

भारत सरकारले दक्षिण एशियाली मुलुक चीनबाट प्याजको निर्यातमा कुनै प्रतिबन्ध नलगाइएको तर प्याजको बीउको निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको छ।...

भारतद्वारा चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा

भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो। विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले मंगलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको...

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

काठमाडौं– भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । घरेलु बजारमा मूल्य वृद्धि नियन्त्रणका लागि भन्दै भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको हो । समाचारमा जनाइएअनुसार भारत सरकारले व्यापारीहरुलाई आगामी जुन १ देखि अक्टोबर ३१ सम्मका लागि निर्यात अनुमति सुरक्षित गर्न समेत आग्रह गरेको भारतीय आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएको छ । यो कदमबाट घरेलु […]

भारतद्वारा गहुँको निर्यातमा प्रतिबन्ध

काठमाडौं- भारतले तत्काल लागू हुनेगरि गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले आधिकारिक सूचना प्रकाशित गर्दै गहुँको निर्यातमा प्रतिबन्ध लगाएको भारतीय समाचार च्यानल आजतकले जनाएको छ । यद्यपि १३ मे भन्दा अघि ‘लेटर अफ क्रेडिट’ जारी भइसकेका निर्यात अर्डरलाई भने पछिल्लो प्रतिबन्धले असर नपार्ने जनाइएको छ । युक्रेनमाथि रुसले आक्रमण शुरु गरेयता […]

भारतद्वारा गहुँको निर्यातमा प्रतिबन्ध

काठमाडौं- भारतले तत्काल लागू हुनेगरि गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले आधिकारिक सूचना प्रकाशित गर्दै गहुँको निर्यातमा प्रतिबन्ध लगाएको भारतीय समाचार च्यानल आजतकले जनाएको छ । यद्यपि १३ मे भन्दा अघि ‘लेटर अफ क्रेडिट’ जारी भइसकेका निर्यात अर्डरलाई भने पछिल्लो प्रतिबन्धले असर नपार्ने जनाइएको छ । युक्रेनमाथि रुसले आक्रमण शुरु गरेयता […]

पाकिस्तानले चिनी निर्यातमा प्रतिबन्ध लगायो

एजेन्सी, २७ वैशाख । पाकिस्तानले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । पाकिस्तानका प्रधानमन्त्री सेहवाज सरिफले सोमबार चिनी निर्यातमा पूर्ण प्रतिबन्धको घोषणा गरेका हुन् । डन पत्रिकाका अनुसार सरिफले चिनीको तस्करीमा लाग्नेविरुद्ध कडा कारबाहीको चेतावनी समेत दिएका छन् । पाकिस्तानमा चिनीको माग अत्याधिक बढेको, गहुँको पीठोको अभाव हुन थालेको भन्दै प्रतिबन्ध लगाइएको उल्लेख छ । चिनीको […]

रुसले पश्चिमा देशको प्रतिबन्धको जवाफमा निर्यातमा लगायो प्रतिबन्ध

पश्चिमा देशले लगाएको प्रतिबन्धको जवाफमा रुसले आफ्ना विभिन्न बस्तुको निर्यातमा प्रतिबन्ध लगाएको छ। युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पश्चिमा देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । त्यसको जवाफ स्वरुप रुसले यो वर्षको अन्तिम (सन् २०२२) सम्म विभिन्न बस्तुको निर्यातमा प्रतिबन्ध लगाएको हो । टेलिकम, स्वास्थ्य, सवारी, कृषि तथा विद्युतीय सामग्रीको निर्यातमा रुसले प्रतिबन्ध लगाएको हो […]

रेमडेसिभिर निर्यातमा भारतको प्रतिबन्ध

काठमाडौं, चैत ३१ । कोरोना महामारीको दोस्रो लहर तीव्र भएपछि यो रोगको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि रेमडेसिभिर निर्यातमा भारतले प्रतिबन्ध लगाएको छ। भारतको केन्द्र सरकारले आइतबार यस्तो निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। ‘भारत सरकारले रेमडेसिभिरको इन्जेक्सन र यो औषधि बनाउँदा प्रयोग हुने रसायनलाई स्थिति नसुध्रिएसम्म निर्यात गर्न प्रतिबन्ध लगाएको छ,’ भारतको स्वास्थ्य मन्त्रालयले […]