इलामबाट प्रतिनिधिसभा सदस्यका लागि २५ जनाले उम्मेदवारी दिनुभएको छ । जिल्लामा दुई पार्टीका जिल्ला अध्यक्षबीच प्रतिस्पर्धा हुने भएको छ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले यही जिल्लाबाट उम्मेदवारी दिएका छन् । विगत वर्षमा एउटै पार्टीबाट दुई क्षेत्रबाट निर्वाचित हुँदै आएका उनीहरूले यसपटक फरकफरक दलबाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।उनीहरूसँगै इलाममा प्रतिनिधिसभामा २५ र प्रदेशसभामा २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्