रुपन्देहीको कञ्चन गाउँपालिकामा फोटोसहितको राष्ट्रिय परिचयपत्र बनाउने टोलीको क्यामेरा नै चोरी भएको छ । प्रहरीले जिल्लाको कञ्चन–४ अस्नैयामा अवस्थित रुद्रपुर माध्यमिक विद्यालयमा रहेको परिचयपत्र बनाउने केन्द्रबाट २ वटा डिएसएलआर क्यामेरा चोरी भएको बताएको छ ।विद्यालयमा परिचयपत्र बनाउने कोठाको ढोका फोडेर क्यामेरा चोरी भएको हो । विद्यालयमा रहेका चौकीदार हेमलाल राना खाना खानका लागि घरमा गएको मौका पारी ढोका फोडेर चोरी भएको हुन सक्ने प्रहरीको अनुमान छ । २ वटा क्यामेरा हालको बजार मूल्य अनु