परिचयपत्र बनाउन नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, विवाहितको हकमा नागरिकतामा पतिपत्नीको नाम उल्लेख नभएमा विवाह दर्ताको प्रमाणपत्र वा नाता खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने छ।
काठमाडौँ । चिकित्सकहरूले नेपाल चिकित्सक सङ्घको कार्यालयबाट राष्ट्रिय परिचय पत्र बनाउन पाउने भएका छन् । पञ्जीकरण विभागले असोज ७ गतेसम्म चिकित्सकहरूका राष्ट्रिय परिचय पत्र सङ्घको कार्यालयबाट बनाउने भएको हो । राष्ट्रिय परिचय पत्र बनाउन चिकित्सकहरूले सोमबार बिहान १० देखि बिहीबार दिउँसो ४ बजेसम्म, शुक्रबार बिहान १० देखि १२ बजेसम्म र शनिबार बिहान १० देखि दिउँसो […]
चिकित्सकहरुले नेपाल चिकित्सक संघको कार्यालयबाट राष्ट्रिय परिचय पत्र बनाउन पाउने भएका छन् । पञ्जीकरण विभागले असोज ७ गतेसम्म चिकित्सकहरूका राष्ट्रिय परिचय पत्र संघको कार्यालयबाट बनाउने भएको हो ।राष्ट्रिय परिचय पत्र बनाउन चिकित्सकहरुले सोमबार बिहान १० देखि बिहीबार दिउँसो ४ बजेसम्म, शुक्रबार बिहान १० देखि १२ बजेसम्म र शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म कागजपत्र उठाउनु पर्ने छ । सरकारले सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउन आग्रह गरेको छ ।