नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरी गाँजा खेतीलाई कानूनी मान्यता दिन आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको चेम्बर पदाधिकारी टोलीले शर्मासँग मन्त्रालयमा आज छलफल गरेको हो । गाँजाबाट औषधि तथा कपडा पनि बनाएर निर्यात गर्न सकिने भन्दै अध्यक्ष मल्लले यो खेतीलाई व्यापार घाटा कम गर्ने विकल्पका रुपमा लिनुपर्ने बताए ।