सिप्रदीको टाटा प्रोटेक्टका सुविधा थप

टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ प्रालिले टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधाहरु सहित ल्याएको छ ।मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको शुभारम्भ गरेको हो । सो अवसरमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त प्रमुख व्यावसायिक लक्ष्य विकासशील आवश्यक्ताको पहिचान गरी […]

सम्बन्धित सामग्री

सिप्रदीको टाटा मोटर्स प्रोटेक्टमा थप सेवा सुविधा

काठमाडौं । सिप्रदी कम्पनीले टाटा प्रोटेक्टअन्र्तगत थप सेवा सुविधाहरू ल्याएको छ । मंगलबार एक कार्यक्रम गरी टाटा प्रोटेक्टअन्तर्गतका थप सेवा सुविधाहरूको शुभारम्भ गरिएको हो । सो अवसरमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुका साथै बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गरिने बताए । “ग्राहकहरूको आकांक्षाबमोजिम टाटा प्रोटेक्टअन्तर्गतका सेवा तथा...

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुको साथमा

सिप्रदी ट्रेडिङले टाटा प्रोटेक्टमा सेवा तथा सुविधा थप गरेको छ । टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवा को प्रत्याभूती प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी संचालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई  पूर्ण सुरक्षाको प्रत्याभूती प्रदान गर्ने उदेश्यले सन् २०१९ मा शुभारम्भ गरेको टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधाहरु सहित टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्गले ल्याएकोे हो ।कम्पनीले कात्तिक १५ गते एक विशेष कार्यक्रमको आयोजना गरी टाटा

सिप्रदीको टाटा प्रोटेक्टमा थपियो सेवा र सुविधा

काठमाडौं । टाटाका सम्पूर्ण कमर्शियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवा दिन सन् २०१९ बाट सुरु भएको ‘टाटा प्रोटेक्ट’मा सेवा र सुविधाहरु थप भएका छन् । टाटाले गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी संचालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती प्रदान गर्ने उद्देश्यले सुरु गरेको यो सेवा नेपालमा पनि टाटा मोटर्सको आधिकारिक […]

सिप्रदीले गर्‍यो टाटा प्रोटेक्ट अन्तर्गतका सेवा–सुविधा विस्तार

काठमाडौँ। टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि टाटा प्रोटेक्ट अन्तर्गतका सेवा–सुविधा विस्तार गरेको छ। मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच सिप्रदीले ग्राहकका लागि टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधा शुभारम्भ गरेको हो।

सिप्रदीले गर्‍यो टाटा प्रोटेक्ट अन्तर्गतका सेवा–सुविधा विस्तार

काठमाडौं । टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि टाटा प्रोटेक्ट अन्तर्गतका सेवा–सुविधा विस्तार गरेको छ । मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच सिप्रदीले ग्राहकका लागि टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधा शुभारम्भ गरेको हो । टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवाको प्रत्याभूती प्रदान गरी गाडीको डाउन टाइमलाई कम […]

घटस्थापनाको अवसरमा महानगर यातायातको थप १० वटा टाटा अल्ट्रा बस सञ्चालनमा

काठमाडौं। महानगर यातायात प्रालिले काठमाडौं उपत्यकामा घटस्थापनाको अवसर पारेर थप १० थान टाटा एलपीओ ८.५ अल्ट्रा बस सञ्चालनमा ल्याएको छ। प्रालिले यसअघि ३९ थान आकर्षक, सुविधा सम्पन्न र आधुनिक प्रविधि जडित यात्रुवाहक बस सञ्चालन गरी उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमामा निरन्तर सेवा दिंदै आएको महानगर यातायात प्रालि, काठमाडौं उपत्यका सार्वजनिक […]

बनेपामा टाटा मोटर्सको सोरुम

काठमाडौं (अस) । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काभ्रेको बनेपामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा लक्ष्मी अटो रहेको छ । बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो । नेपालभर टाटा मोटर्सका १९ वटा आउटलेट पुगेका छन् । सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापतिले लक्ष्मी अटो ग्रुपसँगको सहकार्यमा सोरुम विस्तार गरिएको बताए । नयाँ डिलरसिप र सम्झौताले कम्पनीको बिक्री, सेवा र ग्राहक सन्तुष्टि थप नजिक ल्याउने कम्पनीको विश्वास छ । लक्ष्मी अटो ग्रुपका प्रबन्ध निर्देशक सेवक बुढाथोकीले बनेपामा नयाँ आउटलेटको बिक्रेताका रूपमा टाटा मोटर्सका विभिन्न उत्पादन बिक्री गरिने जानकारी दिए । बनेपामा शाखा विस्तारसँगै ग्राहलके टाटा मोटर्सका साना गाडीसम्बन्धी परामर्श, खरिद तथा एक्सचेन्ज सर्भिसजस्ता सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।

ग्राहक रोजाइमा पर्‍यो टाटा नेक्सन

काठमाडौं (अस) । बजारमा विभिन्न कम्पनीले एसयूभी सेग्मेन्टअन्तर्गतका गाडी बिक्री तथा वितरणमा जोड दिँदै आएका छन् । नेपाली ग्राहकले टाटा नेक्सन बढी रुचाइएको पाइएको नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बताएको छ । नेपालमा सन् २०२१ जुलाईदेखि बिक्री सुरु भएको टाटा नेक्सनले  ग्राहक प्रतिक्रिया र बजार दुवै सकारात्मक पाएको कम्पनीले दाबी गरेको छ । नेपाली बजारमा टाटा नेक्सनको प्रतिस्पर्धीका रूपमा हुन्डाईको भेन्यू र रेनोको काइगर रहेका छन् । टाटाको नेक्सन, हुन्डाईको भेन्यू र रेनोको काइगर तीनै गाडीमा बिएस–६ कम्प्लायन्टको इन्जिन जडित छ । टाटा नेक्सनले ग्लोबल एनक्यापमा ५ स्टार सुरक्षा रेटिङ पाएको छ । भेन्यू र काइगरले भने सुरक्षा रेटिङमा ४ स्टार रेटिङ पाएको छ । टाटा नेक्सन १,२३७ केजीको छ । हुन्डाई भेन्यूको तौल १,११२ देखि १,२५१ केजी छ । रेनो काइगरको तौल १,०१२ केजी छ । टाटा नेक्सनको लम्बाइ ३,९९३ एमएम, चौडाइ १,८११ र उचाइ १,६०६ एमएम छ । यो गाडीको ह्वीलबेस २,४९८ एमएम छ भने भेन्यू र काइगरको ह्वीलबेस २,५०० एमएम रहेको छ । २०९ एनएम ग्राउन्ड क्लियरेन्सको टाटा नेक्सन नेपाली बाटो सुहाउँदो रहेको कम्पनीको दाबी छ । ५ सिटर नेक्सन, भेन्यू र काइगर तीन वटै एसयुभीको बाहिरी डिजाइन लोभलाग्दो छ । नेक्सनमा सन रुफ, डुअल–फंसन डे–टाइम रनिङ एलइडी लाइटलगायत सुविधा रहेकाले युवा पुस्ताको रोजाइमा परेको कम्पनीको दाबी । टाटा नेक्सन इन्टेरिअर आधुनिक डिजाइनमा तयार पारिएको छ भने यसको क्याबिन फराकिलो हुनुका साथै डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, फराकिलो सेन्ट्रल कन्सोल र थप स्टोरेजका लागि ठाउँ पर्याप्त रहेको छ । कम्पनीका अनुसार टाटा नेक्सनमा यात्रु सुविधाका लागि अटोमेटिक क्लाइमेट कन्ट्रोल सुविधा छ । टाटा नेक्सनले वयस्क सुरक्षाका लागि ग्लोबल एनक्याप टेस्टमा ५ स्टार र बालबालिकाका सुरक्षाका लागि थ्री स्टार रेटिङ पाएको छ । नेक्सनमा हिलहोल्ड कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, ब्रेक असिस्ट र इलेक्ट्रोनिक स्टेबिलिटी इबिडीसहितको एबिएस, रिभर्स पार्किङ सेन्सरजस्ता विशेषता छन् । नेक्सन १.२ लिटर टर्बो रिभोल्ट्रोन पेट्रोल इन्जिन र १.२ लिटर टर्बो रिभोल्ट्रोन डिजेल इन्जिन विकल्पमा उपलब्ध छ । १,१९९ सिसी डिस्प्लेसमेन्ट भएको नेक्सनको पेट्रोल इन्जिन विकल्पमा ३ सिलिन्डर, २ भल्भ, एसओएचसी इन्जिन जडित छ । यसले  ५,५०० आरपिएममा १२० पिएस पावर र १,७५०–४,००० आरपिएममा १७० एनएम टर्क जेनेरेट गर्छ । डिजेल विकल्पमा उपलब्ध नेक्सनमा १,४९७ सिसी डिस्प्लेसमेन्ट, ४ सिलिन्डर छ,  जसले ४,०० आरपिएममा ११० पिएस पावर र १,५००–२,७५० आरपिएममा २६० एनएम टर्क जेनेरेट गर्छ । नेक्सनको पेट्रोल संस्करणले प्रतिलिटर १७.४ किलोमिटर र डिजेल संस्करणले २२.४ किलोमिटर माइलेज दिन्छ । टाटा नेक्सनमा इको, सिटी र स्पोर्ट गरी तीन ड्राइभिङ मोड छन् । नेपालमा नेक्सनको मूल्य ४० लाख ३० हजारदेखि ५३ लाख ९० हजार रुपैयाँसम्म पर्छ । यो हरियो, सेतो, रातो र ग्रे गरी चार रंग विकल्पमा उपलब्ध छ ।