काठमाडौं : आगामी मंसिर ४ गते हने प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी नयाँ अनुहारलाई प्राथमिकता दिनेमा नेकपा एमाले पहिलो दल बनेको छ। पार्टी विभाजन भएसँगै एमालेमा नयाँले प्राथमिकता पाएका हुन्। एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेसँगै एमालेमा युवा अनुहारले प्राथमिकता पाएको हो। यसपटक एमालेले गुटगत आधारमा टिकट बाँडेको आरोप लागेको छ। अध्यक्ष केपी शर्मा ओलीले फरक गुटका नेतालाई टिकट पाउनबाट बञ्चित गर्दै आफू निकटलाई टिकट वितरण गरेको आरोप एमालेजनले लगाएका छन्। अध्यक्ष