नेशनल लाइफको जीवनश्री सावधिक अमृत बीमालेख

काठमाडौं (अस) । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आयस्रोत, बचत र सुरक्षालाई ध्यानमा राखी जीवनश्री सावधिक अमृत बीमालेख सावधिक बीमा योजना ल्याएको छ । पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमालेख सार्वजनिक गरिन् । बीमाको अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बीमांकको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयस्रोतका रूपमा उपलब्ध हुने यो बीमालेखबाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बीमांक रकम र आर्जित बोनसले आश्रित व्यक्तिलाई सहयोग पुग्ने कम्पनीले बताएको छ । बीमालेखवाट बीमितको अतिरिक्त आयस्रोत सुनिश्चित हुनेछ भने सँगै बचत र सुरक्षा पनि उपलब्ध हुनेछ । आफ्नो आयस्रोतअनुसार ५० हजारदेखि माथिसम्मको बीमा गर्न सकिने योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारलाई एकमुष्ठ बीमांक र बोनस प्राप्त हुनेछ । बीमालेखमा ऋण सुविधासमेत रहेकाले बीमितको तरलता व्यवस्थापनमा योगदान पुग्ने कम्पनीले जनाएको छ । मुनाफामा सहभागी हुन सकिने  बीमालेखबाट बीमितलाई आकर्षक प्रतिफलसमेत प्राप्त हुनेछ ।  

सम्बन्धित सामग्री

विद्यालयलाई नेशनल लाइफको सहयोग

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत असोज १६ गते आएको भूकम्पबाट क्षतीग्रस्त बझाङको जयपृथ्वी नगरपालिका ४ स्थित बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी […]

बीमा सचेतनाका लागि नेशनल लाइफको साइकल र्‍याली

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा बीमा सचेतना प्रवर्द्धनका लागि साइकल र्‍याली आयोजना गरेको छ । पोखराको बाराहीघाटबाट सुरु भएको र्‍याली हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० किमिको यात्रा पूरा गर्दै पुनः बाराहीघाटमा पुगेर समापन भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साइकल र्‍यालीबाट बीमा सचेतना प्रवर्द्धन […]

अब क्यूआरबाटै नेशनल लाइफको बीमाशुल्क भुक्तानी गर्न सकिने

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सबै शाखामार्फत फोनपे नेटवर्कमा आबद्ध वित्तीय संस्था र ईसेवाको माध्यमबाट क्यूआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले कम्पनीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा एक समारोहबीच सो सेवाको औपचारिक...

सुर्खेतमा नेशनल लाइफको अभिकर्ता भेला

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । भेलामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता पेशालाई ब्यवसायिक बनाउदै वहाँहरुको जिवनस्तर मा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कार्यक्रम आयोजना गरिएको बताए । खत्रीले बीमा ऐन २०७९ का आधारभूत विषयवस्तुको बारेमा […]

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, १४ मंसिर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भई […]

अछाममा नेशनल लाइफको अभिकर्ता  भेला

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अछाममा अभिकर्ता भेला सम्पन्न गरेको छ । भेलामा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण  दिएका थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बीमा ऐन २०७९ का आधारभूत विषयवस्तुको बारेमा प्रकाश पारेका […]

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, ११, मंसिर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भई […]

नेशनल लाइफको वरिष्ठ अभिकर्ता सम्मान

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुलाई सम्मान गरेको छ । कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रम अन्तर्गत चियरपर्सन क्लब सदस्य सम्मान नामक कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने ५०० जना व्यवसायिक एजेन्सी लिडरलाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७/०७८ प्रदान गरिन् ।आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो ब्यक्तिगत ब्यवसायको […]

नेशनल लाइफको लिलामी शेयरमा भोलीसम्म आवेदन दिन सकिने

काठमाडौं, ९ जेठ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा भोलीसम्म आवेदन दिन सकिन्छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता संस्थापक शेयरमा आवेदन दिने भोलि अन्तिम दिन हो । बैंकले इन्स्योरेन्सको उक्त संस्थापक शेयर बैशाख २७ गतेदेखि लिलामीमा ल्याएको थियो । आवेदकले कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४ सय […]

नेशनल लाइफको सीइओमा खत्री नियुक्त,

नेशनल लाइफ इन्स्योरेन्सको सीइओमा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । उनलाई कम्पनीको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो । खत्री यसअघि कम्पनीमा कायम मुकायम कार्यकारी प्रमुख थिए । नियुक्तीको प्रस्ताव र सोको स्वीकृतीका लागि कम्पनीले बिमा समितिमा पठाएको कम्पनीले जानकारी दिएको छ ।