काठमाण्डाै – नेकपा (एमाले)ले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आज बसेको सचिवालय बैठकले चुनावमा पार्टीविरोधी गतिविधिमा लागेका नेता भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।त्यसैगरी बैठकले केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबह...