काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूह पार्टी दर्ता प्रक्रियाबाट फिर्ता भए कारबाही रोकिने प्रतिबद्धता जनाएका छन्। नयाँ पार्टी दर्ता प्रक्रियामा नेता नेपाल अगाडि बढेपछि साथ छाडेका तेस्रो धारका नेताहरुसँग सोमबार भएको निर्णायक वार्तापछि ओलीको भनाइ उदृत गर्दै नेता योगेश भट्टराइले भने, ‘पार्टी एकता जोगाउन उहाँले सकारात्मक रहेको बताउनु भएको छ। पार्टीमा सबै साथीहरुलाई समाधान व्यवहार गर्ने र मिलाएर लाने प्रतिबद्धता जाहेर पनि गर्नुभएको छ