गैर आवासीय नेपाली संघ एनआरएनको आठौं बैठक यही जुलाई २८–३० जर्मनीमा सम्पन्न भएको थियो। सो समयमा एउटा प्रस्ताव पेश गरियो ‘भिजन २०२० एण्ड वियोण्ड’ भन्ने। हतासरमा आएको यो प्रस्तावलाई पूर्वनेतृत्वकर्ताहरुले शंकैशंकाले हेर्न पुगे। वर्तमान नेतृत्वकर्ताहरु भने आफैंमा अलमलमा रहे। गैर आवासीय नेपाली संघको आउने अक्टोबर १४–१६ मा हुनगइरहेको आठौं ग्लोबल सम्मेलनमा नेतृत्वको होडबाजी त एकातिर…