पत्रकार विसीले जन्मदिनमा गरे सामाजिक काम

काठमाडौं : सुदूरपश्चिमका पत्रकार धर्मेन्द्र विसीले आफ्नो जन्मदिन तथा बुबाको ६ महिनाको पुण्यतिथिको अवसरमा विभिन्न सामाजिक कार्य गरेका छन्।धनगढीमा रहेको मानव सेवा आश्रममा फलफूल वितरण तथा नेपाल पत्रकार महासंघ अछामले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा नगद रकम सहयोग गरेका छन्।विसीले उक्त कोषमा पाँच हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। विसीले आफ्नो जन्मदिन र बुबाको ६ महिनाको पुण्य तिथिको अवसरमा फजुल खर्च नगरी सामाजिक कार्यमा केही रकम खर्च गरेको बताए। 

सम्बन्धित सामग्री

पत्रकार गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’को बेल्जियममा विमोचन

बेल्जियम । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’को बेल्जियममा विमोचन गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतले पुस्तकको सामूहिक विमोचन गरेका हुन् । प्रवासमा रहेर विभिन्न पेशा, व्यवसाय र सामाजिक काम गर्दै […]

प्रियंका र आयुष्मानले गरे ‘आयांक फाउण्डेशन’ काे घाेषणा, सामाजिक काम गर्ने

काठमाण्डाै - अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले सोमबार ‘आयांक फाउण्डेशन’को औपचारिक घोषणा गरेका छन् ।  अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा सामाजिक सेवामा काम गर्ने उद्देश्य राख्दै  उनीहरुको फाउण्डेशनको औपचारिक घोषणा गरिएको हो ।  प्रियंका र आयुष्मानको फाउन्डेशनका &...