उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटमा भोलि (चैत २१) गते तीन जना प्रभावशाली नेता आउने भएका छन्। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंशाक कोइराला, एमाले (माधव–झलनाथ) पक्षका प्रभावशाली नेता सुरेन्द्र पाण्डे र एमालेकै ओली समूहका युवा नेता महेश बस्नेत गाईघाट आउने कार्यक्रम रहेको जिल्ला नेताहरुले जनाएका छन्। कोइराला नेपाल राष्ट्रिय मगर संघको प्रथम प्रदेश १ को सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रुपमा गाईघाट आउने नेपाली कांग्रेस उदयपुरका सभापति बिदुर बस्नेतले जानका