दैलेख । नेकपा प्रचण्ड–माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले प्रतिनिधि सभा विघटनप्रति संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलाई मौनता तोड्न आग्रह गरेका छन् । शनिबार दैलेखको दुल्लुमा आयोजित विरोधसभामा नेता शर्माले संविधानविपरित प्रधानमनत्रीले संसद विघटन गर्दा कसरी प्रधानमन्त्रीसँगै बस्नुभएको छ भन्दै प्रश्न गरे । ‘संविधान निर्माणका बेलामा संविधान सभाको अध्यक्ष हुुनुहुन्थ्यो सुवासचन्द्र नेम्वाङ । आज यो संविधान अनुसार गठन भएको संसद विघटन गर्ने प्रधानमन्त्रीसँग उहाँ कस