काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच गएराति दुई घण्टा लामो फोन वार्ता भएको छ। यी दुई नेताबीचको टेलिफोन वार्तामा ताइवानको विषयमा छलफल भएको र एकअर्का देशलाई चेतावनी दिएको बीबीसीले जनाएको छ। बाइडेनले चिनियाँ समकक्षी सीलाई ताइवानमाथि भइरहेको एकतर्फी आक्रमण अमेरिकालाई सह्य नहुने चेतावनी दिए। तर उनले अहिलेसम्म अमेरिकाले ताइवानमाथिको नीतिमा पुनर्विचार नगरेको उल्लेख गरे। चिनियाँ राष्ट्रपति सीले अमेरिकालाई एक चीन नीतिको पालना गर्न आग्रह गरे। चिनियाँ सञ्चारमा