चिनियाँ नाकामा रोकिए दसैंका सामान

चीनले गत सातादेखि रसुवागढी नाकाबाट हुने निर्यात रोकेपछि दसैं र तिहारका लागि आयात गरिएका व्यापारीका अर्बौं मूल्यका सामान केरुङमै रोकिएका छन् । तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले गत आइतबारदेखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको हो । निर्यातमा रोक लगाएपछि व्यापारीका अर्बौं मूल्य बराबरका सामान केरुङमै रोकिएका छन् ।

सम्बन्धित सामग्री

चीनमै रोकिए दसैंका सामान

दसैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बत क्षेत्रमै रोकिएका छन् । दसैंका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार झण्डै ५० कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको छ । नेपालका लागि स्याउ ल्याउने व्यापारी सबै चिनियाँ नै हुन् । कोरोना संक्रमण फैलिएपछि तिब्बत क्षेत्रमा लकडाउन जारी रहेकाले चिनियाँ मुख्यभूमिब

दसैंका सामान केरुङमै अलपत्र

रसुवागढी नाकामा दसैंका लागि झिकाइएका व्यापारिक सामान अलपत्र परेका छन् । चिनियाँ अधिकारीहरूले यस नाकाबाट तस्करी बढेको भन्दै सुरक्षा जाँचमा कडाइ गर्दा सामान आयातमा असर परेको हो ।

केरुङ नाकामा दसैंका सामान अलपत्र

काठमाडौं । चिनियाँ अधिकारीहरुले यस नाकाबाट तस्करी बढेको भन्दै सुरक्षा जाँचमा कडाइ गर्दा सामान आयातमा असर परेको हो ।