विराटनगर, पुस २७ । चार महीनाअघि नै ५० हजार मेट्रिक टन गहुँ भारतबाट आइसक्नुपर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूको ढिलासुस्ती र कृषि मन्त्रालयको गलत तथ्यांकका कारण अहिलेसम्म आयात हुन सकेको छैन । यसबाट देशभर सञ्चालनमा रहेका ४० मैदा मिलको उत्पादन बन्द भएको छ । मैदा र आँटासँग जोडिएका अन्य उद्योगको उत्पादनसमेत घटेको छ । […]