भारतबाट कोटाको गहुँ आयात गर्न सबै निवेदकलाई अनुमति दिने तयारी

२४ पुस, काठमाडौं । भारतले नेपालका लागि छुट्याएको गहुँ आयात गर्न सबै आवेदकलाई अनुमति दिने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयमा मन्त्री नियुक्ती भएपछि कोटाको गहुँ आयात गर्न आवेदन दिएका सबै उद्योगहरुलाई अनुमति दिने गरी तयारी भइरहेको मन्त्रालयले जनाएको छ । गहुँ आयातका लागि मन्त्रालयमा ४६ वटा उद्योगले निवेदन दिएका […]

सम्बन्धित सामग्री

खाद्यान्न आयात: धान उल्लेख्य बढ्दा चामलको खस्कियो

वीरगञ्ज । देशको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट धानको आयात उल्लेख्य वृद्धि हुँदा चामलको आयात खुम्चिएको छ । तयारी चामलको आयात घट्नु र त्यसको कच्चा पदार्थ धानको आयात बढ्नु सकारात्मक भएको उद्यमीहरूले बताएका छन् ।  चालू आर्थिक वर्ष (आव) २०७९/८० को ११ महीनामा यो नाकाबाट धानको आयात करीब ६० प्रतिशतले बढेको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । गत साउनदेखि जेठसम्ममा चामल आयात भने २५ प्रतिशतले घटेको भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।  धान र चामल दुवै उत्पादन मुख्य रूपमा भारतबाट भित्रिन्छ । धान आयातित खाद्यान्न सूचीको अग्रस्थानमा छ । स्वदेशी चामल उद्योग प्रवर्द्धनका दृष्टिले चामलको आयात घटेर धान बढी भित्रिनु सकारात्मक भएको नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।  यो नाकाबाट बारा र पर्साका उद्योगले धान आयात गर्छन् । अधिकांश ठूला चामल उद्योग यही क्षेत्रमा सञ्चालित छन् । अधिकांश यस्ता उद्योग आयातित धानको भरमा चलेका छन् ।  ११ महीनामा भारतबाट १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको ३ लाख ३५ हजार मेट्रिक टन धान आयात भएको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब ४५ करोड रुपैयाँको २ लाख १० हजार टन धान भित्रिएको ढकालले जानकारी दिए ।  अघिल्लो वर्ष विभिन्न ब्रान्डका ४३ हजार ३२५ टन तयारी चामल आयात भएकोमा यो वर्ष ३२ हजार ५९७ टनमा सीमित भएको भन्सारको तथ्यांक छ । चामलको एक मुख्य उत्पादक भारतले निकासीमा २० प्रतिशत शुल्क लगाएपछि यसको आयात प्रभावित भएको हो । भारतले आन्तरिक बजारमा मूल्य नियन्त्रणका लागि यस्तो नीति लिएको हो ।  भारतले शुरूमा धान निकासीमा समेत शुल्क लगाएको थियो । स्वदेशी उद्यमी र सरकारी पहलपछि धानमा शुल्क हटाएको हो । भारतले यो वर्ष नेपालमा ६ लाख टन धान निकासी गर्ने गरी कोटा तोकेको छ । यो परिमाण अघिल्लो वर्षको तुलनामा १ लाख टन बढी हो । यो नाकाबाट गहुँ आयात ७७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ११ महीनामा २१ हजार ३९५ मेट्रिक टन गहुँ आयात भएकोमा यो वर्ष ४ हजार ९०२ टनमात्र भित्रिएको छ । भारतले निकासीमा कोटा तोकिदिएपछि गहुँको आयात घटेको हो । भारतले नेपालमा वार्षिक ५० हजार टन गहुँ निकासी गर्ने गरी कोटा निर्धारण गरेको थियो । सरकारी ढिलासुस्तीका कारण लामो समयसम्म कोटाको गहुँ आयात भएको थिएन । यो नाकाबाट फापर, कोदो र कनिकालगायत खाद्यान्नको आयात पनि घटेको तथ्यांकले देखाउँछ । भारतले कनिकामा पनि २० प्रतिशत अतिरिक्त कर लगाएको थियो ।

दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

काठमाडौं, साउन २० । सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ। दशैं, तिहार छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पीठोजस्ता आत्यवश्यकीय वस्तुको अभाव नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न […]

दशैँअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ ।दशैँ, तिहार छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पीठोजस्ता आत्यवश्यकीय वस्तुको अभाव नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न लागिएको मन्त्रालयका एक अधिकारीले […]

दशैँअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

काठमाडौं । सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ । दशैँ, तिहार, छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पिठोजस्ता अत्यावश्यकीय वस्तुको अभाब नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न लागिएको […]

दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ।दशैं, तिहार छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पीठोजस्ता आत्यवश्यकीय वस्तुको अभाव नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न लागिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालका लागि भने लागू नहुने जनाउँदै आएको छ। तर, व्यवसायीले पहिले जसरी आयात गर्न नपाएको गुनासो गर्द

भारतबाट सामान आयात गर्न पाकिस्तानको तयारी

पाकिस्तान र भारतबीचको सम्बन्ध पछिल्ला केही वर्षदेखि निकै तिक्ततापूर्ण रहे पनि पाकिस्तानले भारतबाट सीमित परिमाणमा चिनी, कपास र गहुँ आयात गर्न पुनः अनुमति दिने घोषणा गरेको छ । पाकिस्तान सरकारले भारतबाट पाँच लाख टन चिनी खरिद गर्नेगरी बुधबार अबेर निर्णय गरेको जनाएको थियो । सरकारको यस कदमले पाकिस्तानमा चिनीको बढ्दो मूल्यवृद्धिलाई २० प्रतिशतसम्म घटाउन सक्ने अनुमान गरिएको छ । चाँडै आउन लागेको रम्जान महिनामा चिनीको उपभोग अरु बढ्ने भएपछि पाकिस्तान सरकारले यस्तो निर्णय लिएको हो ।