मोबाइल तस्करी प्रकरणमा लुम्बिनी प्रहरी प्रमुखको पनि संलग्नता भएको भन्दै कारबाहीको माग

नवलपुर । मोबाइल तस्करी प्रकरणमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख मुकुन्दराज आचार्यको समेत संलग्नता रहेको भन्दै प्रतिनिधि सभाको बैठकमा आचार्यलाई कारबाहीको माग गरिएको छ । गत साउन २२ गते रातको ११ बजेको समयमा नवलपुर प्रहरीले चितवनका अर्जुन ढकाल र ईन्द्रलाल श्रेष्ठलाई ५९५ थान विभिन्न मोडलका मोबाइल सहित दुम्किबासबाट पक्राउ आवश्यक कारबाहीका लागि गरेर महेशपुर भन्सार पठाएको थियो ।

सम्बन्धित सामग्री

नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीमाथि कानुनसम्मत कारबाहीको माग - NepaliPatra

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीमाथि कानुनसम्मत कारबाहीको माग गरेको छ ।   घटनाक्रमले उक्त प्रकरणमा राजनीतिज्ञसहित उच्च पदस्थको संलग्नता भएको देखाएको समाजका सभापति रामकृष्ण बरालले आज जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ । यो प्रकरण प्रकाशमा आएपछि पक्राउ पुर्जी जारी भएका केही व्यक्ति रहस्यमय तवरमा बेपत्ता हुनुले राजनीतिक संरक्षण […]

निर्मला र नकुन्नीको हत्यामा राज्यकै संलग्नता हुनसक्छ : डा. भट्टराई

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको सत्यतथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको बताएका छन् । सोमवार निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मंसिर ९ गतेदेखी माइतिघर मण्डलामा जारी अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसेकाहरुलाई भेट्दै अध्यक्ष भट्टराईले घटना शंकास्पद […]

बीमा समितिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । समितिले मंसिर ९ गते गरेको पुनर्बीमा सम्बन्धी ‘विवादास्पद’ निर्णयमा अर्थमन्त्री जनार्दन शर्मा समेतको संलग्नता रहेको भन्दै अख्तियारमा उजुरी परेको हो । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत मंसिर २२ गते सी ०१८५११ नम्बरमा दर्ता भएको उजुरीमाथि छानबिन अघि बढाइएको आयोग स्रोतले बताएको छ । दर्ता भएको उजुरीमा समितिको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय कीर्ते भएको बताइएको छ । साथै, अध्यक्ष सिलवालले हिमालयन रिइन्स्योरेन्स नामक पुनर्बीमा कम्पनीलाई व्यवसाय पठाउन नेपालका २० ओटै निर्जीवन बीमा कम्पनीहरूलाई स्वदेशमै पुनर्बीमा गर्न निर्देशन दिएको उल्लेख छ । सोही विवादास्पद निर्णयमा अर्थमन्त्री शर्मा समेत तानिनेगरी अख्तियारमा उजुरी परेको हो । बीमा समितिले गत मंसिर ९ गते नेपालका बीमा कम्पनीहरूलाई स्वदेशमै पुनर्बीमा गराउन निर्देशन दिएको थियो । त्यसपछि उक्त निर्णय विवादास्पद भएको छ । बीमा कम्पनीहरू मात्र नभई सरोकारवालाहरूले पनि यसको विरोध गरेका छन् । सो सम्बन्धमा समितिका अध्यक्ष सिलवालले कीर्ते गरेको र सो कार्यमा अर्थमन्त्री जनार्दन शर्माले सिलवाललाई संरक्षण गरेको उजुरीमा भनिएको छ । उजुरीमा अर्थमन्त्री शर्मालाई समेत कारबाहीको माग गरिएको छ । आयोगले सो उजुरीउपर छानबिन गरी लिखित जवाफ पठाउन अर्थ मन्त्रालयमा पत्राचार गरेको मन्त्रालय स्रोतले बताएको छ । अर्थ मन्त्रालयले अख्तियारबाट मन्त्री समेतलाई मुछेर छानबिन गर्न पत्र काटेपछि समितिका अध्यक्ष सिलवाललाई मन्त्रालय बोलाएर छलफल गरेको स्रोतको दाबी छ । अख्तियारको पत्र भने बीमा समितिमा सोमवार दर्ता भएको समितिले बताएको छ । आयोगको पत्रको जवाफ दिनेबारे दुई दिनदेखि बीमा समितिमा छलफल चलिरहेको बताइएको छ । उक्त प्रकरणमा समितिका सञ्चालक कपिलदेव ओली र सुशील कोइरालाका साथै बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल समेतको संलग्नता रहेको भन्दै कारबाहीको माग गरिएको छ । उजुरीमा मंसिर ६ गते बसेको सञ्चालक समितिको माइन्युटमा मंसिर ९ गते साँझ ४ बजे हस्ताक्षर गराइएको जिकीर गरिएको छ । उजुरीमा अर्थ मन्त्रालयका उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय महाशाखाका प्रमुख रमेश कुमार केसी, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहितको संलग्नतामा बीमा समितिले कीर्ते काम गरेको दुईजना उजुरीकर्ताको जिकीर छ ।

उहाँहरुको घाउलाई मल्हम लगाउने प्रयास गर्नेछौं

काठमाडाैं ।बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माईतीघरमा धर्ना बसिरहेका पीडित परिवारका सदस्यहरुलाई राष्ट्रिय महिला आयोग र मुस्लिम आयोगले भेटेको छ ।मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पीडित परिवारका सदस्यहरुले घटनामा वासा कुर्मीको संलग्नता रहेको र उसलाई कारबाहीको माग गरेको छन् ।

दार्चुला घटनाको विरोधमा युवा संघको प्रदर्शन

काठमाडौं। नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले दार्चुलाको घट्नामा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ। आइतबार घटनामा संलग्न दोषीलाई कारबाही, महाकालीमा बेपत्ता भएका जयसिंह धामीको खोजी तथा पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै युवा संघले काठमाडौँको बानेश्वरमा विरोध प्रदर्शन गरेको हो। भारतीय पक्षले भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको प्रतिक्रिया दिएको छ।