काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नवनियुक्त गृहमन्त्रीलाई सहकारी ठगीको आरोप लागेको भन्दै उक्त आरोपलाई दूधको दूध, पानीको पानी गर्न चुनौती दिएका छन्।बिहीवार पार्टीले काठमाडौँमा आयोजना गरेको बृहत् जनप्रदर्शनपछि सम्बोधन गर्दै अध्यक्ष थापाले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेको आरोपबारे स्पष्ट पार्न आग्रह गरेका हुन्। उनले सहकारी ठगीको आरोपलाई पारदर्शी र जनतालाई चित्त बुझ्ने गरी दूधको दूध, पानीको पानी पार्न चुनौती दिएका हुन्।उनले नयाँ गृहमन्त्रीले जनतालाई कसरी सुशासनको प्रत्याभूति दिन