काठमाण्डाै - देशभर जलपक्षी गणना सुरु भएको छ । हरेक वर्ष जनवरीको पहिलो शनिवारदेखि जनवरीकै तेस्रो शनिवारसम्म जलपक्षी गणना हुने गरेको छ ।
पाँच ठूला सिमसार क्षेत्र कैलालीको घोडाघोडी, कपिलवस्तुको जगदीशपुर, चितवनको बीस हजारी, पोखराको फेवाताल र कोशीटप्पुसहित अन्य तालतलैया र नदी क्षेत्रमा जलपक्षीको गणना गरिने चराविद् डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो ।
गणनाका लागि तालिमप्राप्त गणकसहित ३ सय ५० जना खटिएका पनि उहाँले बताउनुभयो । अहिलेको गणनालाई आधारित मानेर प्रतिवेदन तयार पारिने र यो प्रतिवेदन आउँदो जुनमा स...