चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपंक्षी गणना भइरहेको छ । बुधबारबाट सुरु भएको गणना शुक्रबार सम्पन्न हुनेछ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० वटा सिमसार खण्डमा जलपंक्षी गणना गरिन्छ । जनवरी १ बाटै कोसी नदी, घोडाघोडी ताल र शुक्लाफाँटाका तालतलैयामा गणना थालिएको थियो । अन्य क्षेत्र समयानुकूल मिलाएर गणना गरिएको हो । नेपाल पंक्षीविद् सङ्घको बागमती प्रदेश संयोजक वासु विडारीका अनुसार आज बीस हजारी ताल र आस