काठमाडौँ,२४ पुष । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आजदेखि जलपक्षी गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा शनिबारदेखि जलपक्षी गणना सुरु गरेको हो । चितवनमा आजदेखि गणना सुरु भएको वर्ड एजुकेसन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु विडारीले जानकारी दिए । पूर्वी […]
चितवन : देशभरि नै शनिबार जलपक्षीको गणना शुरु हुँदैछ। यसै मेसोमा चितवनमा पनि जलपक्षी गणना शुरु हुंँदैछ।हरेक वर्ष जनवरी १-१६ तारिखसम्म जलपक्षी गणना गरिंँदै आएको छ।अन्तरराष्ट्रिय संस्था वेटल्यान्ड इन्टरनेशनलले जनवरी १ देखि विश्वभरि नै जलपक्षी गणना गर्ने गर्छ।सोहीअनुसार चितवनलगायत देशभरि जलपक्षी गणना गर्न लागिएको वेटल्यान्ड इन्टरनेशनलका राष्ट्रिय संयोजक चराविद डा. हेमसागर बरालले जानकारी दिए।उनका अनुसार देशभरका निकुञ्ज तथा चरा संरक्षित क्षेत्रमा टोली विभाजन गरी गणना शुरु गरिनेछ।&n
जलपक्षी गणनाका बारेमा नयाँनयाँ तरिका, प्रविधि र योजनाबारे जानकारी दिने ध्येयले रुपन्देहीमा आजदेखि तेस्रो राष्ट्रिय गोष्ठी शुरु भएको छ । दुईदिने गोष्ठीमा स्थानीय चरा गणनाका संयोजक, चराविद् तथा चरा संरक्षणसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागिता छ ।
यसअघि सन् २००७ मा पहिलो गोष्ठी लुम्बिनीमै र सन् २०१२ मा दोस्रो गोष्ठी चितवनमा भएको थियो । नेपालमा प्रत्येक वर्ष मध्य हिउँदमा हुने जलपक्षी गणना राष्ट्रियरुपमा संयोजन गर्दै आएको हिमाली प्रकृति संस्थाको आयोजित कार्यक्रममा चरा गणनाको तथ्याङ्क सङ्कलन, गणना र शुद्धताबारे पनि निष्कर्ष निकालिने जनाइएको छ ।
गोष्ठीमा कोशी टप्पु, हेटौँडा, चितवन, जनकपुर, काठमाडौँ, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरलगायत ठाउँबाट ३५ भन्दा बढी चराविद्को सहभागीता रहेको आयोजक संस्थाका कार्यक्रम निर्देशक डा तुल्सी सुवेदीले जानकारी दिनुभयो । सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणका लागि गर्नुपर्ने स्थान विशेष कामबारे अन्तरक्रिया हुने उहाँले बताउनुभयो ।