दक्ष जनशक्ति पठाउन छाेडेर प्रदेश सरकारले फिर्ता माग्यो भेन्टिलेटर

धनगढी : सुदूरपश्चिम सरकारले पहाडी जिल्लाका अस्पतालबाट भेन्टिलेटर फिर्ता मागेको छ।  प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लाका अस्पतालमा सञ्चालन नभई थन्किएका भेन्टिलेटर फिर्ता मागेको हो।दोस्रो लहरको फैलिदो कोरोना एवं कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याउन ती भेन्टिलेटर फिर्ता मगाइएको मन्त्रालयले जनाएको छ। जनशक्ति अभावमा सञ्चालनमा नआएका भन्टिलेटर प्रयोगमा ल्याउन मन्त्रालयले फिता मागेको हो।सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ६ जिल्ला अस्पतालमा चालु अवस्थामा नरहेको भेन्टिलेर

सम्बन्धित सामग्री

हेटौंडामा श्रम बजार सूचना कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं । बागमती प्रदेश सरकारले यस वर्ष दक्ष जनशक्ति उत्पादन गर्न १० हजार जनालाई तालिम दिने भएको छ । श्रम बजार सूचना कार्यशाला गोष्ठीमा बागमती प्रदेशको श्रम, यातायात तथा रोजगार मन्त्री घनश्याम प्रदेश सरकारले यसवर्ष दक्ष श्रमिक उत्पादन गर्न १७ करोड रकम बिनियोजन गरेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले हरेक वर्ष दक्ष श्रम शक्ति […]

दक्ष जनशक्ति  उत्पादन गर्न उद्योग पाठशाला खोल्नुपर्छ : मुख्यमन्त्री पाण्डे

जेठ २१, काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले उद्योगी व्यवसायीलाई दक्ष कमदार उत्पादन गर्नका लागि उद्योग पाठशाला खोल्न आग्रह गरेका छन् । शुक्रवार नेपाल उद्योग वाणिज्य महासंघ बागमतीको पाँचौं प्रदेश सभामा बोल्दै मुख्यमन्त्री पाण्डेले दक्ष जनशक्ति भएमात्र उत्पादन र व्यवसायले सफलता पाउने  बताए ।  नीजि क्षेत्र र सरकार प्रतिस्पर्धी नभएको उल्लेख मुख्यमन्त्री पाण्डेले देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको बताए । उद्योग पाठशाला खोल्नु अहिलेको आवश्यकता भएको भन्दै उनले मजदूरका लागि आवश्यक तालिम सञ्चालन गरेर दक्ष कामदार उत्पादन गर्न जरुरी रहेको पनि बताए । मुख्यमन्त्री पाण्डेले बागमती सरकारले पाठशाला सञ्चालनका लागि चितवन उद्योग वाणिज्य संघलाई १० लाख रुपैयाँ सहयोग गरेको पनि जानकारी दिए । उनले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न र कृषि क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए । मुख्यमन्त्री पाण्डेले उद्योग मैत्री वातावरण तयार पार्न प्रदेश सरकार तयार रहेको बताए । ‘औद्योगिक क्षेत्रलाई प्रदेश मातहतमा ल्याएर उत्पादनमूलक उद्योग खोल्ने वातावरण तयार गर्न जरुरी छ’ उनले भने, ‘औद्योगिक क्षेत्रमा संघीय सरकारको ध्यान पुगेको छैन । हामी मातहत ल्याएर त्यसलाई थप व्यवस्थित गर्न जरुरी छ ।’ मुख्यमन्त्री पाण्डेले संघीय सरकार मातहत रहेका प्रदेश भित्रका चार ओटा औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउन जरुरी रहेको बताउँदै हेटौंडाको मयुरधाप, चितवनमा शक्तिखोर र सिन्धुलीको मरिण नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको बताए । उनले आगामी आर्थिक वर्षका लागि बजेट बनाउने कार्य जारी रहेको र उक्त बजेटमा उद्योग क्षेत्रको समस्या समाधान गर्ने गरी बजेट ल्याउने उल्लेख पनि बताए ।   यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घ नेपालका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगको विकास गर्न सके मात्र देशको अर्थतन्त्रमा उल्लेख्यरुपमा सुधार आउने बताए । उनले वर्तमान अवस्थामा भइरहेको तरलता अभावको अन्त्यका लागि वृहत अध्ययन गर्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा उद्योगी व्यवसायीको धेरै समस्यालाई समाधान गर्न प्रयास गरेको बताए।             निर्यातलाई बढाउन उद्योगीलाई थप सुविधा दिने प्रकृतिको बजेट आएकाले यसले अर्थतन्त्रमा केही सुधार पनि हुने अवस्था देखिएको उनको भनाइ थियो । अध्यक्ष गोल्छाले उद्योग क्षेत्र सरकारलाई कर तिर्न तयार रहेको बताउँदै निजी क्षेत्रसँगको सल्लाह र सहकार्य गर्न सरकारसँग आग्रह गरे ।

मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गरिने

प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति परिपूर्ति हुने जानकारी दिएका छन् ।

कोरोना कहरमा पर्यटन मजदूर : दक्ष जनशक्ति विस्थापित

धरान । कोरोनाका कारण २ वर्षदेखि पर्यटन व्यवसाय शिथिल बन्दा त्यसको मार यस क्षेत्रका मजदूरमा समेत परेको छ । कोरोनाका कारण पर्यटन व्यवसाय सामान्य अवस्थामा फर्किन नसक्दा अधिकांश मजदूर अन्य पेशामा लागेका छन् । कोरोनाको जोखिम केही सामान्य हुँदै गएपछि सरकारले पर्यटन व्यवसायलाई लक्षित गर्दै केही राहतका प्याकेज ल्याए पनि पर्यटन मजदूरको पहिचान हुन नसक्दा उनीहरूले अहिलेसम्म त्यसको लाभ पाएका छैनन् । कोरोना कहरले जोखिममा परेका अन्य व्यवसायका मजदूरलाई राहत प्याकेजको व्यवस्था गरिए पनि पर्यटन मजदूरलाई भने कुनै व्यवस्था नगरिएको व्यवसायीको गुनासो छ । पर्यटन व्यवसाय अन्तर्गत होटल, ट्राभल्स, ट्रेकिङ लगायत क्षेत्रमा काम गर्ने मजदूर विस्थापित हुन पुगेका छन् । ठूला व्यवसायमा मजदूर कार्यरत भए पनि साना व्यवसायका मजदूर भने विस्थापित भएका हुन् । कामविहीन हुँदा पेशा नै परिवर्तन गर्नुपरेको उनीहरूको भनाइ छ । कोरोनाकालमा २ वर्षसम्म कामविहीन हुनुपर्दा दक्ष जनशक्ति पेशा परिवर्तन गर्न बाध्य बनेको नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नम्बर १ का पर्यटन शाखा संयोजक भवीशकुमार श्रेष्ठले बताए । उनका अनुसार पर्यटन व्यवसायका ३० हजार मजदूर प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ५० हजार मजदूर प्रभावित बनेका छन् । ‘ठूला होटल, ट्राभल्स, ट्रेकिङमा कार्यरत मजदूर ५–६ महीनापछि नै काममा फर्के, तर साना व्यवसायमा काम गर्ने मजदूर विस्थापित भए ।’ धेरै मजदूर कामविहीन भएर अन्यत्र पलायन हुादा अहिले जनशक्ति तयार गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । कोरोना जोखिमको समयमा सरकारले नीतिगत रूपमा केही सहयोग नगरेको होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् । कोरोनाको समयमा व्यवसायी आफैले मजदूरको व्यवस्थापन गर्नुपरेको उनको भनाइ छ । सरकारले नीति बनाएर पर्यटन मजदूरलाई राहतको व्यवस्थापन गरिदिनुपर्नेमा उनले जोड दिए । ‘सरकारले अनुदान, छूटको सुविधा पनि ल्याएन, अन्य क्षेत्रका मजदूरलाई दिए जस्तो पर्यटन व्यवसायमा अवधारणा ल्याउनुपर्छ,’ उनले भने । विस्थापित जनशक्तिलाई पुनः काममा फर्काउने अवस्था सृजना हुनुपर्ने महासंघका प्रदेश नम्बर १ पर्यटन संयोजक श्रेष्ठले बताए । ‘हामी व्यवसायीले भनिरहेका छौं, तर सरकारले कुनै पनि योजनाको काम गरिरहेको छैन,’ उनले भने, ‘हामीले आफैले तालिम दिने काम गरिरहेका छौं ।

प्रदेश २ मा पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच नेपालमा निर्माण क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ।...

प्रशिक्षक तालिम सम्पन्न

बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले दक्ष खेलाडी उत्पादन गर्न दक्ष जनशक्ति आवश्यक हुने भन्दै आयोजना गरेको एकहप्ते प्रशिक्षक तालिम सम्पन्न भएको छ।...

प्रदेश १ मा पहिलोपटक हस्पिटालिटी म्यानेजमेन्ट पढाइ

विराटनगर : प्रदेश १ मा पहिलोपटक हस्पिटालिटी म्यानेजमेन्ट विषय पठनपाठन हुने भएको छ। इनोभेट नेपाल ग्रुपले विराटनगर महानगरपालिका– ६ मा सञ्चालनमा ल्याएको विराटनगर इन्टरनेशनल कलेजलमा नयाँ शैक्षिक शत्रदेखि ‘हस्पिटालिटी म्यानेजमेन्ट’ पठनपाठन हुने भएको हो।बेलायतको पब्लिक विश्वविद्यालयसँगको पाठ्यक्रमअनुसार तीन वर्षको कोर्ष आउँदो मंसिरदेखि पढाइ हुने ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले बताए। अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदेश १ मा पहिलो पटक

शिक्षामा समाजको योगदान : प्रदेश प्रमुख गुरुङ

गण्डकी, १७ भदौ: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शैक्षिक विकासमा समाजको योगदान उल्लेख्य रहेको बताएका छन् । पृथ्वीनारायण क्याम्पसको ६२औँ वार्षिकोत्सव आज उद्घाटन गर्दै उनले शैक्षिक विकासमा गरिएकोे लगानीबाट अहिले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्दै आएको बताए । प्रदेश प्रमुख गुरुङले यस क्याम्पसको शैक्षिक एवं भौतिक विकासमा अझै सबैको साथ र सहयोग भए आर्थिक स्रोत […]

लोकसेवा आयोगले दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

कास्की- गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक सेवा प्रवाहका लागि दक्ष जनशक्ति व्यवस्थापन गर्ने दायित्व लोकसेवा आयोगमा रहने बताएका छन् । गण्डकी प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले कर्मचारी प्रशासन स्थायी सरकार भएकाले गुणस्तरीय सेवा प्रवाहमा कर्मचारी प्रशासनको भूमिका महत्वपूर्ण हुने बताए । सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्दै सेवाग्राही जनतालाई छिटोछरितो सेवा दिनुपर्नेमा […]

दक्ष जनशक्ति नहुँदा जाजरकोटमा भेन्टिलेटर थन्कियो

जाजरकोट : जिल्ला अस्पतालमा उपचार सेवा प्रभावकारी बनाउन अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन। दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो। खरिद गरेदेखि अहिलेसम्म नै भेन्टिलेटर बन्द कोठामै राखिएको हो। प्रदेश सरकार मातहत रहेको अस्पतालमा भेन्टिलेटर ल्याइएपनि प्रयोग नहुनु पीडादायी भएको डाक्टरहरू बताउँछन्। नयाँ भवन निर्माण हुँदै गरेको र राख्ने ठाउँ अभाव भएकाले भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकेको स्वास्थ्य सेवा कार्यालयका टीकाराम जैसी बताउँछन