काठमाडौं : यो वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुन प्रणाली प्रवेश गरेको हो। यो वर्षको मनसुन सरदर मितिभन्दा अघि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ। जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ। शनिवार दिउँसो प्रदेश १