काठमाण्डौ – कैलालीको धनगढीमा रहेको गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि गृहकार्य सुरु भएको छ । आज आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि आवश्यक सल्लाह, सुझाव सङ्कलन गर्न एक समिति गठन गरेको हो ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. टोकराज पाण्डेको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, सदस्य सचिव तथा पर्यटन बोर्डका सिनियर निर्देशक हिक्मतसिंह ऐर, नागर...