सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा रु एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो ।कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई रु १९ करोड ४५ लाख छ हजार ९७९ र ४९६ योगदानकर्तालाई दुर्घटना तथा अशक्तता सुरक्षा योजना बापत रु एक करोड ९१ लाख ३१ हजार १०६ दाबी भुक्तानी दिएको हो ।आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २१० योगदानकर्ताका