काठमाडौं : नेकपा एकीकृत (समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडललाई अग्रिम बधाई दिएका छन्। शनिबार राजधानीमा भएको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रहेका नेता पौडेलको जित निश्चित रहेको उल्लेख गर्दै बधाई दिएका हुन्।‘आज हामीले रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिका निम्ति प्रस्तावित गरेका छौं। उहाँ विजयी हुनुहुन्छ भन्ने आशा गरेका छौं। सबैले आफ्नो ओहदाको सम्मान गर्नुपर्छ&rsq