एण्टीबायोटिकको प्रयोगले कोभिडभन्दा ठूलो महामारी निम्त्याउँदै, वर्षेनि ७० लाखको मृत्यु !

चितवन । पछिल्लो समय विश्वभर मानव र पशुपंक्षीमा एण्टीबायोटिकको अनुचित प्रयोगले मानव स्वास्थ्यमा समस्या थपिँदै गएको छ । कुनै रोगको उपचार तथा निदानका लागि गरिने एन्टीबायोटिकको प्रयोगले मानव स्वास्थ्यमा थप खतरा बढ्दै गएको हो ।  विज्ञहरूले गरेको अध्ययन/अनुसन्धान अनुसार एण्टीबायोटिकको अनुचित र नियमित प्रयोगले मानिसलाई मृत्युको मुखमा पुर्याउने गरेको छ । भरतपुरमा शुक्रवार स्वास्थ्य मन्त्रालयको आयोजना तथा युसेडको आर्थिक सहयोगमा एण्टि माइक्रोवियल रेसिस्टेण्ट विषयक कार्यशालामा विज्ञ तथा जानकारहरूले एण्टीबायोटिकले मानव स्वास्थ्यमा गम्भीर समस्या थपिएको बताएका हुन् ।  युएसएआईडीका फोकल पर्सन डाक्टर सन्तोष ढुलालले एण्टीबायोटिकको प्रयोग कोभिडभन्दा बढी महामारीको रुपमा फैलिएको बताए । प्रस्तुतीकरण दिँदै डा. ढुलालले यो महामारी विश्वका विकासोन्मुख र गरीब देशमा बढी भएको उनको भनाई छ ।  सन् २०२२ मा गरिएको एक अध्ययन अनुसार विश्वमा एण्टीबायोटिकको प्रयोगका कारण ५० देखि ७० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यसमध्ये एशियाली देशहरूमा मात्रै एक वर्षमा ४७ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । यसको प्रयोगलाई रोक्न नसके सन् २०५० सम्ममा एण्टीबायोटिकको प्रयोग वर्षेनी १ करोड मानिसको मृत्यु हुने प्रक्षेपण गरिएको अनुसन्धानले देखाएको छ ।  अधिकांश चिकित्सकले रोग चाँडै निको बनाउने र बिरामीलाई सहज बनाउने हेतुले अनुचित रुपमा एण्टीबायोटिकको प्रयोग गर्दा मानव शरीरले पछि बिरामी पर्दा उक्त एण्टीबायोटिकको मात्राले काम नगर्ने र मात्रा बढाउँदै लैजादा बिरामी थप गम्भीर बन्दै जाने र मृत्यु हुने गरेको छ  ।  मानिसमा लाग्ने ७५ प्रतिशत रोग पशुपंक्षीबाट सर्ने भएकोले र जनावरको मासु मानिसले प्रयोग गर्दा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने गरेको गुणस्तर महाशाखाका प्राविधिक राजकुमार पाण्डेले बताए  ।  ‘पशुपंक्षीमा समेत एण्टीबायोटिकको प्रयोग अत्यधिक छ, यसको मासु खाँदा एकातिर रोगको जोखिम त छँदैछ, अर्को कुरा एण्टीबायोटिकले काम समेत नगर्ने भएको छ,’ उनले भने ।  अनुसन्धान अनुसार एण्टीबायोटिकको प्रयोगले सन् २०३० सम्ममा विश्वमा २ करोड ४० लाख मानिस गरिबीको रेखामुनि धकेलिने छ । विश्वमा सय खर्ब अमेरिकी डलरको भार पर्ने र ३ दशमलब ८ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा ह्रास आउने अनुसन्धानले देखाएको छ ।  सो अवसरमा प्रस्तुति दिँदै डाक्टर विवेका श्रेष्ठले पछिल्लो समय गर्भवती महिलालाई इन्जेक्सनको माध्यमबाट सबैभन्दा बढी एण्टीबायोटिक दिइने गरेको बताइन् । उनले जनावरको मासुमा भन्दा बढी दूधको प्रयोगले मानिसमा रोग सर्ने समस्या आएको बताए । यसको रोकथामको लागि खाद्य र मासुको प्रयोगको लागि एण्टीबायोटिक विरुद्धको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।  युसेडका सहजकर्ता अर्जुन अधिकारीले रोगबाट मर्नेभन्दा एण्टीबायोटिक अनुचित प्रयोगले मर्नेको संख्या भयावह हुंँदै गएको  बताए । विश्वमा सन् १९८७ बाट नयांँ एण्टीबायोटिकको आविष्कार कम हुंँदै गए पनि यसको प्रयोग अत्यधिक भएको कारण मानिसको मृत्युमा भने कमी नआएको उनको भनाइ थियो । ‘नेपालमा यसको अनुचित प्रयोग कति हुन्छ भन्ने तथ्यांक त छैन,’ अधिकारीले भने, ‘विश्वमा ५० प्रतिशत एण्टीबायोटिक जथाभावी प्रयोग हुंँदै आएको छ ।’  यसको रोकथामको  लागि सरकारको नीति, कानुन कार्यन्वयन गर्नुपर्ने र जनचेतना फैलाउनु पर्ने उनको भनाइ छ । मन्त्रालयले यसको न्यूनीकरण र जनचेतनाका लागि देशका मुख्य शहरहरूमा यो कार्यशाला चलाइरहेको छ। 

सम्बन्धित सामग्री

कारागारभित्र एकजना कैदीबन्दीको मृत्यु

सुनसरीको झुम्का कारागारभित्र एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय न्यायधीश राई रहेको प्रहरीले जनाएको छ।...

बझाङमा गर्भवतीको मृत्यु

काठमाडाैँ- बझाङमा एक गर्भवतीको मृत्यु भएको छ। बझाङको केदारस्युँ गाउँपालिका–६ की ४७ वर्षकी गोपडी धामीको सुत्केरी हुने क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर ब्यापक शाहले जानकारी दिए। तर, अस्पताल पुग्नुअघि नै पेटभित्रै बच्चाको मृत्यु भइसकेको शाहले बताए। उनलाई एक दिनअगाडिबाट सुत्केरी ब्यथा लागेको र श्रीमान्‌ले अस्पताल लैजान खाेज्दा जान नमानेको केदारस्युँ गाउँपालिकाका […]

डेङ्गु संक्रमितको मृत्यु

डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन्।

मधुवनमा दुई जनाको मृत्यु

मधुवननगरपालिकामा रहस्यमय दुई जनाको मृत्यु भएको छ।अखाद्य झोल पदार्थ खाएर दुई जनाको मृत्यु भएको हो।...

दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो।...

मृत्यु बोकेको मान्छे

हे मृत्यु, तँ किन डराएको मसँग हे मृत्यु, तँ किन डराएको मसँग म त मृत्यु बोकेर बाँचेको मान्छे मलाई त्रास न दे मृत्युको म त मृत्यु बोकेर बाँचेको मान्छे   तँ धुँवा बनेर कोठामा छिरिस् आगो बनेर प्यासेजमा फैलिइस् म निर्धक्क गफिएर बसें परिवारसँग मलाई मृत्युको भय थिएन किनभने, म त मृत्यु बोकेर बाँचेको मान्छे […]

वडाध्यक्षको मृत्यु

जाजरकाेट – कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए। उनले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट चुनाव जितेका थिए। घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको उनले बताए।

इलाम जिल्लाकै ज्येष्ठ नागरिकको मृत्यु

इलाम । इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको मृत्यु भएको हो । उनको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका–५ बरबोटे घरमा मृत्यु भएको हो । उनको आज बिहान ७ः ३० बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको बुढ्यौलीकै कारण मृत्यु भएको बताइएको छ […]

कोरोना संक्रमणबाट हुने मृत्यु बढ्दै, २४ घण्टामा ४३ को मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै जान थालेको छ। निषेधाज्ञा खुकुलो बनाइएयता संक्रमितको संख्या केही भएको देखिए पनि मृत्यु हुनेको संख्या बढ्दै गएको हो। शुक्रबार देशभर ४३ कोरोना संक्रमितको मृत्यु भएको छ। यसअघि असार ३१ गते ३३ जनाको मृत्यु भएको थियो भने २८ गते १८ जनाको मृत्यु भएको थियो। हालसम्म देशभर ९५०६ जनाको […]

चितवनमा पाँच सङ्क्रमितको मृत्यु

जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । यही वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या जटिल भई वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान २ः०० बजे मृत्यु भएको हो ।चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका