सेन्ट्रल फाइनान्सलाई भुक्तानी सेवा प्रदायक अनुमति

नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्सलाई भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति प्रदान गरेको छ । अनुमतिपश्चात् फाइनान्सले बचतकर्ता र ग्राहकहरुका लागि आफ्नै मोबाइल एपमार्फत मोबाइल बैंकिङ सेवा सञ्चालन गर्नेछ । ग्राहकहरुले गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट मोबाइल बैंकिङ एप डाउनलोड गर्न सक्ने बताइएको छ ।संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ, चेक क्लियरिङ, आईपीएस, […]

सम्बन्धित सामग्री

भुक्तानी सेवा प्रदायक मोहर डिजिटलको अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ । भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्ने गरी २०७६ असोज ३० गते मोहर डिजिटल प्रालिले राष्ट्र बैंकबाट अनुमति पाएको थियो ।  राष्ट्र बैंकका अनुसार कम्पनीले भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकाले भुक्तानी तथा फर्छ्यौट विनियमावली (प्रथम संशोधन, २०८००, २०७७ को विनियम...

भुक्तानी सेवा प्रदायकले पनि मर्चेन्टको केवाईसी विवरण लिनुपर्ने

१४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले वार्षिक एक लाख रुपैयाँसम्म कारोबार गर्ने मर्चेन्टलाई सरलीकृत ग्राहक पहिचान (सरल केवाईसी) प्रक्रिया अवलम्बन गर्न भुक्तानी सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७९ को बैंक तथा वित्तीय संस्था बाहेकका संस्थालाई जारी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी […]

भुक्तानी सेवा प्रदायक शिखर सम्मेलन पुस २६ मा हुँदै

काठमाडौं : नेपालको पहिलो भुक्तानी सेवा प्रदायक शिखर सम्मेलन काठमाडौंमा पुस २६ गते हुने भएको छ। स्विभट टेक्नोलोजिजको वित्तीय प्रविधि कम्पनी सयपत्रीले आफ्नो पहिलो वार्षिक भुक्तानी सेवा प्रदायक शिखर सम्मेलन काठमाडौंको हायात प्यालेसमा गर्न लागेको हो । कार्यक्रमले भुक्तानी सेवा प्रदायक उद्योगको पछिल्लो प्रवृत्ति र विकासका बारेमा छलफल गर्न उद्योगी व्यवसायी र राजनीतिज्ञहरूलाई एकै ठाउँमा ल्याउने छ ।कार्यक्रममा प्रमुख विशेषज्ञहरूसँग प्यानल छलफलका साथै भारत पेका संस्थापक अशनीर ग्रोभर मुख्य

कार्डमा आधारित भुक्तानी सेवा सञ्चालन सम्बन्धी सम्झौता

सिटिजन्स बैंकले डिजिटल माध्यम प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने क्रममा भुक्तानी सेवा प्रदायक, फोकसवान प्रालिसँग कार्डमा आधारित क्युआर माध्यमबाट भुक्तानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा सञ्चालन गरेको छ।...

सानिमाको मोबाइल बैंकिङबाट ‘खल्ती’मा पैसा राख्न सकिने

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ।

आइएमएस सफ्टवेयर र सेलपेबीच सहकार्य

काठमाडौँ – आइएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ। सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकम प्रालिका तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन्। सेलपे, सेलकम प्रालिद्वारा सञ्चालित नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो। जसले मोबाइल […]

समृद्धि फाइनान्सलाई भुक्तानी सेवा प्रदायक बन्न अनुमति

समृद्धि फाइनान्स कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको उक्त कम्पनीले अबदेखि डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्यूआर कोड सेवा सञ्चालन गर्ने छ । सोही अवसरमा कम्पनीले ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग र डबिटकार्ड सेवा असार मसान्तसम्म निःशुल्क प्रदान […]

समृद्धि फाइनान्सलाई भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति

वैशाख १५, काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले मंगलवार नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको उक्त कम्पनीले अवदेखि डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्यूआर कोड सेवा सञ्चालन गर्ने छ । सोही अवसरमा कम्पनीले ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग र डेवीटकार्ड सेवा असार मसान्त सम्म नि : शुल्क प्रदान गर्ने  बताएको छ । कम्पनीले पाँच ओटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । कम्पनीले आईपीएस, कनेक्टआईपीएस, रेमिट्यान्स,क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालन गर्दै आएको छ । निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको उक्त कम्पनीले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्नवर्ग कर्जा, व्यावसायकर्जा, व्यक्तिगतकर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । साथै  कम्पनीले निकटभविष्यमा इन्टरनेट बैंकिङ्गलगायतको प्रविधमा आधारित भुक्तानी सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएको छ ।