समृद्धि फाइनान्सलाई भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति

वैशाख १५, काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले मंगलवार नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको उक्त कम्पनीले अवदेखि डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्यूआर कोड सेवा सञ्चालन गर्ने छ । सोही अवसरमा कम्पनीले ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग र डेवीटकार्ड सेवा असार मसान्त सम्म नि : शुल्क प्रदान गर्ने  बताएको छ । कम्पनीले पाँच ओटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । कम्पनीले आईपीएस, कनेक्टआईपीएस, रेमिट्यान्स,क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालन गर्दै आएको छ । निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको उक्त कम्पनीले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्नवर्ग कर्जा, व्यावसायकर्जा, व्यक्तिगतकर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । साथै  कम्पनीले निकटभविष्यमा इन्टरनेट बैंकिङ्गलगायतको प्रविधमा आधारित भुक्तानी सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएको छ ।

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सलाई भुक्तानी सेवा प्रदायक बन्न अनुमति

समृद्धि फाइनान्स कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको उक्त कम्पनीले अबदेखि डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्यूआर कोड सेवा सञ्चालन गर्ने छ । सोही अवसरमा कम्पनीले ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग र डबिटकार्ड सेवा असार मसान्तसम्म निःशुल्क प्रदान […]