जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार मनोज साहले मतदान गरेका छन्। नेपाली कांग्रेसबाट बागी भएर उम्मेदवारी दिएका मनोजले जनकपुरधाम १५ रामपुरस्थित मतदान स्थलमा पुगेर मतदान गरेका हुन्।
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार दिपकबहादुर सिंहले घोषणापत्र सार्वजनिक गरेका छन्। सत्तागठबन्धनका साझा उम्मेदवारसमेत रहेका कांग्रेस नेता एवं पूर्वमन्त्री रमेश लखेकविरुद्ध सिंहले...
काठमाडौं, २६ असोज । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको समयभित्र फिर्ता नलिने बागी उम्मेदवार र निजका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको छ । कांग्रेसले सत्तारुढ गठबन्धन दल र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमतिअनुरुप कांग्रेसका […]
२६ असोज, काठमाडौं । सल्यानमा कांग्रेसका बागी उम्मेदवार राजेन्द्रबहादुर शाहले प्रतिनिधि सभाको उम्मेदवारी कायमै राखेका छन् । सत्तागठबन्धनमा प्रतिनिधिसभातर्फको उम्मेदवार एकीकृत समाजवादीलाई परेपछि उनले उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णयले कांग्रेसमा असन्तुष्टि बढेको थियो । कांग्रेसका पूर्वराज्यमन्त्रीसमेत पार्टीले दिएको निर्देशन अस्विकार गर्दै उम्मेदवारी कायम राखेका छन् । ‘हामीले नाम फिर्ता […]
२६ असोज, काठमाडौं । चितवन– १ मा नेपाली कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी कायम राखेका छन् । उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले बुधबार विहान १० देखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको थियो । आयोगले तोकेको समयभित्र उनले नाम फिर्ता लिएनन् । कांग्रेसले बागी उम्मेदवार बनेकालाई दिउँसो १ बजेभित्र नाम फिर्ता लिन निर्देशन दिएको […]
दैलेख – जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार नमराज शाही विजयी हुनुभएको छ । ११ पालिकाका प्रमुख/उपप्रमुख गरी २२ जना मतदातामध्ये १३ मत पाएर शाही विजयी हुनुभएकाे हाे । प्रमुखमा कांग्रेसकी उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले नाै मत पाउनुभयाे ।
सत्ता गठबन्धनमा कांगेसका नाै, माओवादी केन्द्रका दुई र एकीकृत समाजवादीका एक गरी १२ मतदाता रहेकामा कांग्रेसका असन्तुष्ट तीन जनाले बागी उम्मेदवारलाई मत दिएपछि शाही विजयी हुनुभएको हो ।
कांग्रेसका असन्तुष्ट तीन जनाको मत थपिएपछि जिसस उपप्रमुखम...
महोत्तरी, २ जेठ : बर्दिबास नगरपालिकाको वडा न.१३ मा कांग्रेसका बागी उम्मेदवार लक्ष्युमण सिंह वडा अध्यक्षमा विजयी भएका छन् । जेब्रा चिन्हवाट प्रल्हाद क्षेत्री प्यानलमा कांग्रेसबाट बागी उम्मेदवार दिएका सिंह निकटम प्रतिद्वन्द्वीलाई ३६ मतले उछिन्दै विजयी भएका हुन् । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार सिंहले ४४७ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले […]
दाङको शान्तिनगर गाउँपालिकाको वडामा कांग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन्। शान्तीनगर गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार सुनिल वलि निर्वाचित भएका हुन्।...
काठमाडौं । नेपाली कांग्रेसका बागी उम्मेदवार तथा ती उम्मेदवारका प्रस्तावक र समर्थक पाँच वर्षका लागि निष्काशित भएका छन् । पार्टीवाट स्वतः निष्काशित हुनेको विवरण संकलन भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको छ । कांग्रेस विधानमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरूद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक […]