सिस्नु पानी नेपालले छोरीहरूका पर्व तीजका अवसरमा नेपाली महिलाको गरिमा गायन गर्ने उद्देश्यले छोरी नामक कार्यक्रम सम्पन्न गरेको छ। राष्टझपति विद्यादेवी भण्डारीको समुपस्थितमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका छोरी (महिला) को सहभागिता थियो। थोरै हास्यव्यंग्य र धेरै करुणाका प्रस्तुति रहेको कार्यक्रममा छोरीहरूका सांगीतिक प्रस्तुतिदेखि लिएर कविता र गायन प्रस्तुत गरिएको थियो। […]