मौन अवधिको दोस्रो दिन २० सञ्चारमाध्यममाथि कारबाही

प्रेस काउन्सिल नेपालले निर्वाचनको मौन अवधिको दोस्रो दिन २० सञ्चार माध्यमलाई कारबाही गरेको छ । कारबाहीमा परेकामध्ये ११ वटा सञ्चार माध्यमले तत्काल क्षमायाचना गरी सम्प्रेषित सामग्री हटाएका छन् । एउटा सञ्चार माध्यमले प्रतिक्रिया पेस गरेको छ । ८ वटा सञ्चार माध्यमबाट कुनै प्रतिक्रिया प्राप्त भइनसकेको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।प्रेस काउन्सिलले निर्वाचन आचारसंहिता लागु भएदेखि सञ्चार माध्यममा सम्प्रेषित सामग्री र पत्रकारका सामाजिक सञ्जालमा सम्

सम्बन्धित सामग्री

एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको पुस २५ गतेदेखि विक्रीमा आएको १० वर्षे अवधिको ऋणपत्र खरीद गर्ने आज(सोमवार) अन्तिम दिन रहेको छ । कम्पनीले वार्षिक साढे ७ प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्कासन गरेको हो । यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ । कम्पनीले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको रू.२ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न लागिएको हो । सर्वसाधारणका लागि निष्कासन गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुसँगै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ । ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर नेपालले उक्त कम्पनीलाई न्यून कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ ।

निर्वाचनको मौन अवधिः दोस्रो दिन २० सञ्चार माध्यम कारबाहीमा

काठमाडौँ- प्रेस काउन्सिल नेपालले निर्वाचनको मौन अवधिको दोस्रो दिन २० सञ्चार माध्यमलाई कारबाही गरेको छ । कारबाहीमा परेकामध्ये ११ वटा सञ्चार माध्यमले तत्काल क्षमायाचना गरी सम्प्रेषित सामग्री हटाएका छन् । एउटा सञ्चार माध्यमले प्रतिक्रिया पेस गरेको छ । ८ वटा सञ्चार माध्यमबाट कुनै प्रतिक्रिया प्राप्त भइनसकेको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण […]

मौन अवधिको पहिलो दिन छिटपुट झडप

निर्वाचनको मौन अवधि सुरु भएको पहिलो दिन सत्तारुढ गठबन्धन र एमालेका कार्यकर्ताबीच सुर्खेत, प्युठान, दोलखालगायतका जिल्लामा झडपका घटना भएका छन् । सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा सत्तरूढ गठबन्धन र एमाले कार्यकर्ताबीच झडप...

मौन अवधिको पहिलो दिन : मतदाता प्रभावित पार्ने छिटपुट प्रयास

२८ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन हुने दिन ३० वैशाखको दुई दिनअघि अर्थात मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ, जुन समयमा कसैले पनि मत माग्न र मतदाता प्रभावित पार्न पाउने छैन । तर, मौन अवधिको पहिलो दिन बुधबार देशका विभिन्न ठाउँमा मतदाता प्रभावित पार्ने कोसिस भएका केही घटना सार्वजनिक भएका छन् […]

मौन अवधिको पहिलो दिनः २७ सञ्चार माध्यमलाई कारबाही, २५ पत्रकारलाई ध्यानाकर्षण

काठमाडौँ- प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ । काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेका ती सञ्चार माध्यमलाई क्षमायाचनासहित भुलसुधार गर्न निर्देशन दिएको हो । कारबाही गरिएकामध्ये मूलधारका १७ सञ्चार माध्यममले तत्काल क्षमायाचनासहित सम्प्रेषित सामग्री सच्याएका छन् । यस्तै मौन अवधिको २४ घण्टाभित्रै काउन्सिलले २५ […]

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, के हो ट्रेजरी बिल  ?

नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले  सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो ।राष्ट्र बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु छ अर्ब गरी जम्मा रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी  जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । ९१ दिन अवधिको ट्रेजरी  आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी आगामी वैशाख छ र ३६४ दिने ट्र

नबिल बैंकको ७ वर्षे अवधिको ऋणपत्रमा आवेदन दिने समय थप

काठमाडौं, १३ साउन । नबिल बैंक लिमिटेडले साउन १० गतेदेखि बिक्रिमा ल्याएको ७ वर्ष अवधिको ऋणपत्रमा आवेदन दिने समय थप गरेको छ । छिटो अवधि असार १३ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि साउन २४ गतेसम्मका लागि मिति थप गरेको हो । यसक्रममा माग जति आवेदन परेमा २४ गते भन्दा अगाडी कुनै पनि दिन बिक्रि बन्द […]

१० वर्षे अवधिको प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

जेठ २६, काठमाडौं । जेठ ११ गतेदेखि विक्री खुला भएको प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज (बुधवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरकोे कुल ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।  कुल कित्तामध्ये कम्पनीले १६ लाख सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गर्नेछ भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गरेको हो ।  ‘प्रभु बैंक डिबेञ्चर २०८७’ नामको यो ऋणपत्रको विक्री बन्द हुने छिटो अवधि जेठ १६ गतेसम्म रहेपनि उक्त अवधिमा पूर्ण आवेदन नपरेकाले ढिलो अवधिमा विक्री बन्द गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।  प्रति ऋणपत्र रू. १ हजार दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै ऋणपत्र खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।

सरकारी कर्मचारीलाई तलब सहित १० दिन पर्यटन बिदा

सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।यस्तै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने भएको छ ।

१० वर्षे अवधिको प्रभु बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

जेठ ११, काठमाडौं । प्रभु बैंकले आज (मंगलवार)देखि १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गर्ने भएको छ । कम्पनीले कुल ४० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो ।  कुल कित्तामध्ये कम्पनीले १६ लाख सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गर्नेछ भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गर्न लागेको हो ।  ‘प्रभु बैंक डिबेञ्चर २०८७’ नामको यो ऋणपत्र माग बमोजिम आवेदन परेमा छिटोमा जेठ १६ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २६ गतेसम्म ऋणपत्र विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ ।  प्रति ऋणपत्र रू. १ हजार दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ऋणपत्र खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।