काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठकले आइतबारको संसद बैठकमा सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ। आइतबारको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ। सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार आज ४ बजे बस्दैछ।