माघ १६ मा वडामा हुने कार्यक्रममा अनिवार्य उपस्थित हुन कार्यकर्तालाई गगनको निर्देशन

काठमाडौं,१२ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहीद दिवसको दिन आगामी १६ गते देशैभरका प्रत्येक वडामा हुने कार्यक्रममा अनिवार्यरुपमा उपस्थित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार नेपाली कांग्रेसको मूख्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले १६ गते कांग्रेसले देशको ६ हजार ७ सय ४३ वटै वडामा कार्यक्रम राखेको हुँदा आफ्नो क्रियाशिल […]

सम्बन्धित सामग्री

संसदमा एमसीसीमाथि छलफल गर्ने कार्यसूचि, अर्थमन्त्री भने संसद छल्दै पर्वतमा

फागुन १२, पर्वत । प्रतिनिधि सभामा बिहीवार अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूचि रहेको छ । संसद सचिवालयले संसदमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता पेश गर्ने सम्भावित कार्यसूचि सार्वजनिक गरेको छ । तर, महत्वपूर्ण कार्यसूचि छलेर अर्थमन्त्री शर्मा भने पर्वत आईपुगेका छन् ।   पारिवारिक घुमघामसहित उद्योग वाणिज्य संघको साधारण सभाको उद्घाटन कार्यक्रममा समेत सहभागी हुने भन्दै अर्थमन्त्री शर्मा मंगलवार कुश्मामा आएका हुन् । कुश्मामा बन्जिजम्पमा पुगेका  शर्मा बुधवार राती त्यहिँ बास बसेका थिए । संसदमा एमसीसीमाथि छलफल गर्ने कार्यसूचि रहेपनि शर्मा दिनभर पर्वतमै रहने बुझिएको छ ।  गत आइतवार एमसीसी संसदमा टेबुल गर्दा पनि अर्थमन्त्री शर्मा विरामी भएको जानकारी गराएपछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले पेश गरेका थिए । संसद बैठकमा आफ्ना साँसदलाई अनिवार्य उपस्थित हुन नेपाली काँग्रेसले ह्विप जारी गरेको छ । सत्तारुढ नेकपा माओवादी केन्द्र विपक्षमा उभिने निर्णय गरेको छ । माओवादी केन्द्र विपक्षमा उभिँदा अर्थमन्त्रीले प्रस्ताव पेश गर्न नैतिकताका आधारमा नमिल्ने भएकाले उनले संसद बैठक छलेको बुझिएको छ ।

प्रदेश १ : सत्तारूढ पाँचदलका सांसदको संयुक्त बैठक

विराटनगर :  प्रदेश १ का सत्तारूढ पाँचदलका सांसदहरूको संयुक्त बैठक सुरु भएको छ। विराटनगरस्थित विग होटलमा आज (सोमबार) पाँचदलको संयुक्त बैठक सुरु भएको हो।मंगलबार बस्ने प्रदेश १ को प्रदेशसभा बैठकमा  सबै सांसद भेला गरेर विश्वासको मत दिने कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिने जनाएका छन्।तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेका थियो। भने मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार  प्रदेश