अमेरिकी अभिनेत्री एन्जेलिना जोली नयाँ प्रेमी द विकन्डको साथमा डेटिङ गर्दै गरेका केही तस्बिरलाई लिएर हलिउडमा गसिप बनेको छ । ४६ वर्षीया एन्जेलिला पछिल्लो शनिबार राति ३१ वर्षीय प्रेमी विकन्डको साथ इटालियन रेस्टुरेण्टको प्राइभेट कक्षबाट निस्किँदै गरेका तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।