हलिउड स्टार एन्जेलिना जोली हालै यमनमा जारी गृहयुद्धको बीचमा मध्यपूर्वमा शरणार्थीहरूलाई सहयोग गर्न देशको भ्रमण गरेकी छिन् । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तसँग करिब दुई दशक काम गरिसकेकी एन्जेलिना जोलीले इन्स्टाग्राममा आफ्ना फलोअर्सलाई राजधानी अदन आइपुगेको जानकारी दिएकी हुन् ।इन्स्टाग्राममा एन्जेलिनाले यमनको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै लेखिन्, "म विस्थापित परिवार र शरणार्थीहरूलाई भेट्न र यमनका मानिसहरूलाई मेरो समर्थन देखाउनको लागि UNHCR @refugees को लागि अदनमा अवतरण गरेकी