काठमाडौं । सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका छन् । शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका प्रमुख साझेदार यी दुई दलले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणपत्रमा समावेश गरेको एउटा विषय निकै महत्त्वपूर्ण छ ।नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा सार्वजनिक पद धारण गरेका सबै पदाधिकारीको सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउने विषय समावेश छ । र, पार्टीको घोषणापत्र कार